मंगलवार साहीत्यकार लक्ष्मी प्रसाद देवकोटाको १०६ औ जन्म जयन्ती

विबेक भण्डारी,नवलपरासी,२४ कार्तिक। नवलपुर एफ एमको संयुक्त आयोजनामा साहित्यिक कार्यक्रम सम्पन्न्न भएको छ । साहीत्यकार लक्ष्मी प्रसाद देवकोटाको १०६ औ जन्म जयन्तीको अवसरमा आयोजीत कार्यक्रममा साहित्यकार लक्ष्मी प्रसाद देवकोटाको सुपुत्र प्राध्यापक डाक्टर पदम प्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । साहित्यीक कार्यक्रममा साहित्यीक गतिविधिको बारेमा चर्चा गरिएको थियो । त्यस्तै कार्यत्रममलाई सम्वोधन गदै साहित्यकार लक्ष्मि प्रसाद देवकोटाका सुपुत्र प्राध्यापक डाक्टर पदम प्रसाद देवकोटाले साहित्यको बारेमा विचार विमर्ष गर्नुभएको थियो । साहित्य सृजना गर्नु सहज नभएको र परिश्रम गरे नसकिने पनि नभएको पदम प्रसाद देवकोटाले बताउनुभयो । लक्ष्मि पुजा तथा साहित्यकार लक्ष्मि प्रसाद देवकोटाको १०६ औ जन्म जयन्तिको अवसर पारेर कावासोती नगरपालिको होटल दियालोमा कार्यत्रमको आयोजना गरिएको थियो । त्यसैगरी कार्यक्रममा प्राध्यापक डक्टर नवराज लम्साल सहित चितवन र नवलपरासीका स्थानिय साहित्यकारहरुको समेत जमघट रहेको थियो । कार्यक्रममा मुकुन्दसेन टेलिभिजन एम टिभिको विषेश सहयोग रहेको थियो ।
तपाइँको प्रतिक्रिया