मंगोल नेश्नल अर्गनाईजेशनका उम्मेदवारहरुको चुनाबी खर्च विवरण सार्बजनिक

बैशाख १२, गैंडाकोट
मंगोल नेश्नल अर्गनाईजेशनका उम्मेदवारहरुले २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा भएको खर्चको विवरण सार्बजनिक गरेका छन् । निर्बाचन भएको ३५ दिन भित्र निर्वाचन आयोगमा विवरण पेश गरिएको खर्च विवरण सार्बजनिक गरिएको मंगोल नेश्नल अर्गनाईजेशन जिल्ला सभा नवलपुरले एक प्रेस विज्ञप्ति मार्फत खर्च विवरण सार्बजनिक गरिएको हो ।
प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार प्रेम छिरि शेर्पाको निर्वाचन खर्च १ लाख १५ हजार ४ सय ४० रहेको छ । त्यस्तै, प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेदवार ज्ञान ब. कुमालको निर्वाचन खर्च ४८ हजार १ सय ३० रहेको छ । त्यस्तै प्रदेश सभा १ (क) का उम्मेदवार कुमार गुरुङ्गको निर्वाचन खर्च ८२ हजार ५ सय ४० रुपैया, प्रदेश सभा १ (ख) का उम्मेदवार टम ब. थापा को निर्वाचन खर्च ८२ हजार ५ सय ४० रुपैया, प्रदेश सभा २ (क) का उम्मेदवार हर्क ब. डिसुवा मगरको निर्वाचन खर्च ४७ हजार ६ सय ५० रुपैया र प्रदेश सभा २ (ख) का उम्मेदवार लाल ब. गुरुङ्ग को निर्वाचन खर्च ४७ हजार ६ सय ५० रुपैया रहेको मंगोल नेश्नल अर्गनाईजेशन नवलपुर जिल्ला सभाका अध्यक्ष धन सिं थापाद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा सार्बजनिक गरिएको छ ।
तपाइँको प्रतिक्रिया