मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु,३१ जना घाइते

१६, साउन, काठमाडौं । मकवानपुरको मनहरी ३ रमनटारमा दुई यात्रुवहाक बस एक आपसमा जुद्धा ९ जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ३१ जना घाइते भएका छन् ।
काँकडभिट्टाबाट काठमाडा आउँदै गरेको ना ५ ख ४०६४ नम्बरको यात्रुबहाक बस र काठमाडौंबाट गाइघाट जाँदै गरेको ना ५ ख ५०५५ नमबरको बस एक आपसमा जुद्धा दुर्घटना भएको हो ।
मध्यराती १२ बजेर २० मिनेटजाँदा दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ । दुर्घटानामा ६ जनाको घटनास्थल र तीन जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।
बस दुर्घटनामा ज्यान गुमाएका मध्ये उदयपुरको त्रियुगा नगरपालिका– १० का १० वर्षे बालक मणिरत्न चौधरी, २५ वर्षे विनोद चौधरी, सन्तोष चौधरी, काठमाणडौका लक्ष्मीप्रसाद अधिकारी र २७ वर्षे सन्तोष चौधरीकोे सनाखत भएको छ ।
घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको बताइएको छ । घाइतेको हटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।अनलाइनखबर
तपाइँको प्रतिक्रिया