मकै उत्पादनमा राम्रो हुदै गैडाकोट

बिबेक भण्डारी , १६ जिल्लाको नवलपुर क्षेत्रको गैडाकोट नगरपालीका अन्तरगतका विभिन्न क्षेत्रमा मकैको उत्पादन राम्रो हुने गरेको कृषकहरुले बताएका छन । गैडाकोट ५ देखि ९ वडा सम्म उत्पादनको हिसाबले राम्रो हुदै आएको मकै खेति यो वर्ष पनि उत्पादन राम्रो भए पछि कृषकहरु खुसि भउका छन । जिल्लाको नवलपुर क्षेत्रको अन्य स्थान भन्दा गैडाकोटमा मकै खेति धेरैले गर्ने गरेकाका छन । गैडाकोटका स्थानियले मकै र गहु सबै भन्दा धेरै क्षेत्रफलमा लगाईने तथा सबै भन्दा धेरै खपत हुने बालीमा पर्ने हुदा पनि आफुहरु मकै खेति नै धेरै गर्ने गरेको बताए । त्यस्तै गैडाकोट नगरपालीका ८मा मकै खेति गर्दे आएकि मनकुमारी कुमालका अनुसार बार्षिक रुपमा लगाइने मकै उत्पादनको हिसाबले अत्यन्त राम्रो हुर्दे आएको बताउनुभयो । ६ कठ्ठा क्षेत्रफलमा मकै लगाउर्दे आएकी कुमालले मकै हरीयो हुन नपाउर्दे घरमा नै मकै चाहियो भन्दै खरिद गर्न आउछन । मकै बोरिङको पानी लगाएर उत्पादन गरिने मकैको खपत पनि अति नै राम्रो भएको कारण पनि आफुहरु मकै उत्पादमा बढि अग्रसर भएको बताउनुभयो । बर्षे पिछ मकै लगाउदा उत्पादन राम्रै भएको कुमालको भनाइ छ । मनकुमारीले मात्रै होइन यहाका धेरै जसो कृषकहरुको खेतमा मकै नै उत्पादन भएको देखिन्छ । उत्पादनको बृद्धि बढि भए संगै गैडाकोटको जयश्री पुल सुरु हुन नपाउदै हरियो मकै उत्पादन भएको दृष्य देख्न सकिन्छ । त्यस्तै गैडाकोट ७ कोशि ग्यास नजिक मकै खेति गर्दे आउनुभएकी पुर्निमा दरैले पनि मकै खेति गर्दे आउनुभएको र उत्पादन पनि राम्रो भएको बताउनुभयो । आफुहरुले खोलाबाट जेनेरेटर प्रयोग गरि पानी लगाउने गरेको बताउनुभयो । उहाका अनुसार गैडाकोट ६ , ७ , ८ र ९ वडा गरि करिव २० , २२ विगाहा क्षेत्रफलमा मकै लगाउर्दे आएका र सबैले लगाएको मकै अत्यन्तै राम्रो उत्पादन हुर्दे आएको दराइको भनाइ छ । वर्षे पिच्छे लगाउने मकै उत्पादन राम्रो भए संगै गैडाकोटका किसानहरु आफ्नो मिहिनेत प्रति सन्तुष्ट देखिन्छ । नवलपरासीको गैडाकोटमा मात्रै करिव ८ सय ५० हेक्टर क्षेत्रफलमा मकै खेति हुदै आएको जिल्ला कृषि विकास कार्यलय नवलपरासीले जनाएको छ । २०७१को तथ्याङ अनुसार ६ सय ५० हेक्टरमा लगाइने मकैको उत्पादन राम्रो भए संगै मकै खेति क्रमस बृद्धि हुर्दे आएको छ । उत्पादनको हिसाबले वार्षिक २५ सय मेट्रिकटन मकै उत्पादन हुर्दे आएको छ ।
तपाइँको प्रतिक्रिया