मगरहरुको संस्कृति विशिष्ट : प्रधानमन्त्री केपी ओली

प्रधानमन्त्री केपी ओलीले मगरहरुको संस्कृति विशिष्ट रहेको बताउनुभएको छ । मगरमाघीको अवसरमा शुक्रबार राजधानीको खुल्लामन्चमा आयोजना गरिएको कार्यक्रममा उहाले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री ओलीले नेपाल जातजाति, भाषा, धर्म र संस्कृतिको दृष्टिले विविधितायुक्त मुलुक भएको र सबै धर्म, समुदायका आआफ्ना संस्कृति र परम्परा रही आएको स्मरण गर्नुभयो । संविधानले सबै जातजाति, भाषाभाषी, धर्म र समुदायको सांस्कृतिक अधिकारको सुनिश्चितता प्रदान गरेको र यसको कार्यान्वयन गर्ने गराउने सन्दर्भमा आपसी एकता झनै अनिवार्य रहेको उहाको भनाई छ । उहाले मुलुकमा संबिधान निर्माण भईरहेको भन्दै मुलुकको जटिल परिस्थितिमा अझै बढी एकताबद्ध हुनु आवश्यक रहेकामा जोड दिनुभयो ।
कार्यक्रममा परम्परागत् साँस्कृतिक भेषभूषामा सजिएका मगर समुदायका मानिसहरु सहभागी थिए ।
तपाइँको प्रतिक्रिया