मधुमेह दिवसको अवसरमा कावासोतीमा अन्तरक्रिया

अस्मीता भण्डारी कावासोती २९ , अन्र्तराष्ट्रिय मधुमेह दिवसको अवसर पारेर नवलपरासीको कावासोती नगरपालिकामा सोमबार जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी एवम् काली गण्डकी सामुदायिक अस्पतालको सह आयोजना तथा नवलपुर मधुमेह सघं कावासातीको आयोजनामा स्वास्थ्य शिवीर तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । आयोजित अन्तक्रिया कार्यक्रममा मधुमेह बाट कसरी जोगिन सकिन्छ र कस्तो अवस्थामा यो रोग देखा पर्छ भन्ने विषयमा छलफल भएको थियो । चिकित्सकका अनुसार खानपिनमा सन्तुलन मिलाउने,शारिरिक व्यायम लगायतका क्रियाकलाप दैनिक रुपमा गर्न सकेमा मधुमेह रोग बाट बच्न सकिने जानकारी दिएका छन । पछिल्ले समय दैनिक दौड धुपका कारण शारिरीरक व्यायाम , खानपिन लगायतका कारण नै मधुमेह रोग लाग्न सक्ने जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख अरुणकुमार महत्तोले बताउनुभयो । मधुमेह रोग एउटा निकै असजिलो रोग भएको चिकित्सकहरुले बताएका छन । चिकित्सकका अनुसार यो रोग लागे पनि खानपिनमा उच्च ध्यान पुर्याउनु पर्ने बताएका छन । नवलपरासी मुमेह सघंका अध्यक्ष वेद प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख अरुण कुमार महत्तोको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कावासोती कार्यकारी अधिकृत हरीलाल पुरी तथा कालिगण्डकी अस्पतालका डा. गोपाल खनाल को विशेष आतिथ्यता रहेको थियो । सो कार्यक्रममा विभीन्न सघं सस्थाका प्रतिनीधिहरुको समेत आतिथ्यता रहेको थियो
तपाइँको प्रतिक्रिया