मधेश अन्दोलन छिटै टुङ्गीने: मन्त्री मैनाली

उपप्रधान तथा महिला बालबालिका मन्त्री सिपि ले मधेश अन्दोलन छिटै टुङ्गीने बिश्वास व्यक्त गर्नुभएको छ । शुक्रबार काठमाडौमा आयोजित कार्यक्रममा उहाले मधेशवादी दलहरुसंगको वार्ता निर्णायक हुने भन्दै छिटै आन्दोलन छिटै टुङ्गीने बिश्वास व्यक्त गर्नुभएको हो । उहाले मधेशका जायज माग पुरा गर्न सरकारले सर्वपक्षिय नयाँ समिति गठन गरेर समस्या समाधान गर्न तत्पर रहेता पनि मधेशबादी अन्दोलनकारी नेतृत्वका विभित हठका कारण यसअघि सहमति हुन नसकेको उल्लेख गर्नुभयो । उपप्रधानमन्त्री मैनालीले संविधानसभाबाट जारी भएको लोकतान्त्रिक र समावेशी संविधानले छिमेकीलाई कहीँकतै नोक्सानी नपारेको उल्लेख गर्नुभयो । आफूले चाहेको जस्तो संविधान बनेन भनेर भारतीय पक्षबाट गरिएको नाकाबन्दीलाई राजनीतिक हस्तक्षेपको संज्ञा दिँदै मैनालीले विनाकारण, गैरकानुनी र अमानवीय रुपले गरिएको यस्तो व्यवहार अन्यायपूर्ण र अनुचित रहेको धारणा व्यक्त गर्नुभयो । मैनालीले अपाङ्गता अधिकारसम्बन्धी पुनर्लेखन गरिएको ऐन चाडोभन्दा चाडो लागू गराउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
तपाइँको प्रतिक्रिया