मधेसको मुद्धा सम्बोधनका लागि सरकारलाई सहयोग गर्ने काग्रेसका सभापति कोईरालाको भनाई

नेपाली ले मधेसको मुद्धा सम्बोधनका लागि सरकारलाई सहयोग गर्ने बताउनुभएको छ । यद्दपी उहाले आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारले गठन गरेको वार्ता टोलीमा नबस्ने स्पस्ट पार्नुभयो । उपराष्ट्रपति निर्वाचनपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले वार्ता टोलीमा आफ्नो पार्टी नबस्ने बताउनुभएको हो । कोइरालाले मधेसको समस्या समाधान गर्न भने साथ रहने बताउनुभयो । कांग्रेसको विगतको अडानमा कुनै परिर्वतन नहुने कोइरालाको भनाई छ । उहाले नवनिर्वाचित उपराष्ट्रपतिलाइ सफलताको शुभकामना पनि दिनुभयो ।
तपाइँको प्रतिक्रिया