मधेसी नेताहरु दिल्ली पुगेर सिल्ली पन देखाएको:नेता खनाल

नेकपा एमालेका पूर्व अध्यक्ष एवंम् वरिष्ठ नेताले आफ्नो घरायसी समस्या लिएर मधेसी नेताहरु दिल्ली पुगेर सिल्ली पन देखाएको आरोप लगाउनुभएको छ । एमाले प्रचारविभागले सौराहामा चलेको दुईदिने विशेष राष्ट्रिय भेलाबाट पारित १६ बुँदे प्रस्तावबारे जानकारी दिन (बुधबार) विहान भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खनालले यस्तो आरोप लगाउनुभएको हो । उहाँले यस्तो क्रियाकलापले राष्ट्रियताको हित नहुने समेत दावी गर्नुभयो । नेता खनालले नेपालको आन्तरिक समस्या एकआपसमा बसेर नै समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली राजनीतिक दलहरु विदेश नितीको सवालमा एकतावद्ध हुनुपर्ने बताउनुभयो । त्यस्तै एमालेका बरिष्ठ नेता एवंम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सिमाना क्षेत्रमा रहेका एफएम रेडियोहरुले भ्रामक समाचार सम्प्रेषण गरेर राष्ट्रिय एकतालाई विथोल्न खाजेको आरोप लगाउनुभएको छ ।
तपाइँको प्रतिक्रिया