मधेसी मोर्चाका कार्यकर्ताले नवलपरासीमा एक युवकलाई जिउँदै जलाए

नवलपरासी, १६ मंसिर । आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले मानवीय सीमा पार गर्दै नवलपरासीमा युवकलाई जिउँदै जलाएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार सनही–९ मा कालोबजारीका लागि इन्धन ल्याएको आरोपमा मधेसी मोर्चाका कार्यकर्ताहरुले रुपन्देहीको फर्साटिकरका १८ वर्षीय सन्दिप यादवलाई जिउँदै जलाएका छन् ।नेपाल–भारत सीमामा उनले ल्याएको डीजेल खोसेर मोर्चा कार्यकर्ताले शरीरमा खन्याएका थिए । त्यसपछि उनको शरीरमा आगो लगाए । जिउँदै जलाइएका यादवको अवस्था गम्भीर छ । यादवको कम्मर मुनिको भाग जलेको छ । उनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यसैबीच घटनामा संलग्न भएको आंशकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सनही ९ का राजेशचन्द्र सैथवार, शिवकुमार यादव र सनही ८ का सेरु मिया रहेका छन् ।
तपाइँको प्रतिक्रिया