मधेसी मोर्चा र संघीय गठबन्धनद्धारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौ ३ बैशाख, आन्दोलनत मधेसी मोर्चा र संघीय गठबन्धनले स्थानीय निर्वाचनलाई प्रभावित गर्नेगरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मधेसी मोर्चा र संघीय गठबन्धनले आज सार्वजनिक गरेको आन्दोलनका कार्यक्रम अन्र्तगत बैशाख १६ गते नेपाल बन्द आयोजना गरेको छ ।
यसअघि नै निर्वाचन आयोगले बैशाख १६ गते मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । बैशाख १६ गते नै आयोगले मनोनयन दर्ता भएको उमेद्वारको सुचि समेत सार्वजनिक गर्ने आयोगको कार्यतालिका छ । यस्तै मोर्चाले बैशाख २७ गतेबाट आमहड्तालका साथै अनिश्चितकालिन नेपाल बन्दको घोष्णा गरेको छ ।
निर्वाचन मिति भन्दा चार दिनअघिबाट नेपाल बन्द भएपछि मतदाता, उमेद्वार, निर्वाचन आयोगका कर्मचारी र सर्वसाधारण समेत प्रभावित हुने देखिएको छ । आम हड्तालसहितका विभिन्न कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । मधेसी मोर्चाले सरकारले घोषणा गरेको निर्वाचन बिथोल्ने आन्दोलनका कार्यक्रम तय गरेको हो ।
तपाइँको प्रतिक्रिया