मध्यविन्दु नगरअस्पतालमा ३५ औँ विश्व एड्स दिवसको अवसरमा सचेतना कार्यक्रम ।

नवलपुर १५ , मसिंर
समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएको मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले बताउनुभएको छ । नवलपुरको मध्यविन्दु नगरअस्पतालमा बिहिबार ३५ औँ विश्व एड्स दिवसको अवसरमा आयोजना गरीएको सचेतना कार्यक्रममा बोल्दै उँहाले सो कुरामा जोड दिनुभएको हो । उँहाले एड्सका विरामी र न्युनिकरणका निमीत्त नगरपालिकाले सधै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
कार्यक्रममा ए आर टि सेन्टरका इन्चार्ज नविन अधिकारीले अझैपनी व्यक्ति आफुलाई लागेको रोगप्रति खुल्न नचाहेको गुनासो व्यक्त गर्नुभयो । उँहाले विरामीले जाचँ गराउदा एड्सको लक्षण देखीपछि निशुल्क प्राप्त गर्ने औषधी सेवनमा समेत हिचकिचाहट गर्ने बताउनुभयो ।
यस्तै लुम्बीनी प्लसका अध्यक्ष निर्मला पौडेलले विगत १६ वर्ष देखी गरेका सर्घषहरु , आफना अनुभवहरु सुनाउनुभएको थियो । आफु पनी एक सक्रमित भएको भन्दै परिवार , समाजमा झेलनुपरेको लाल्छनाहरु र झेलाई पछिका सफलताको बर्णन गर्नुभएको थियो । उँहाले एड्स लागेका व्यतिmलाई हेर्ने नजर अझैपनि नवदलिएको हुँदा विरामी तनाव , डिप्रेसनमा परि अकालमै ज्यान गुमाउनुपरेको बताउनुभयो । बिरामी लाई माया सद्भाव , औषधिको सेवन नियमीत गर्नाले नियन्त्रण गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरका प्रमुख डिल्लीराम तिवारी , नगरअस्पतालका स्वास्थ्य व्यवस्थापान तथा सञ्चालन समितीका उपाध्यक्ष अमृत प्रसाद ज्ञवाली, नगरअस्पतालका डाक्टर दिलीप सापकोटा , नगरपालिका स्वास्थ्य शाखाका जयश्वर भुषाल , रामप्रसाद पाण्डे , स्वास्थ्य शाखा प्रमुख ख्याम बहादुर क्षेत्री लगाएतले एचआईभी र एड्स सम्वन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षणगर्दै जनचेतना जगाउनु आवश्यक रहेको बताएका थिए ।
तपाइँको प्रतिक्रिया