मनिषाको प्रेमीको पालीग्राफ हुने : ७ दिनको म्याद थप गरी अनुसन्धान

पुरुषोत्तम सुबेदी
नवलपरासी , १५ जेठ । मनिषा घर्तीमगरको हत्यामा सँलग्न रहेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका मनिषाका प्रेमी रुद्रनारायण चौधरी (आशिष)लाई प्रहरीले ७ दिनकोे म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।शुक्रबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएपछि थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद चौधरीले बताउनुभयो।प्रहरी उपरिक्षक चौधरीका अनुसार मनिषाको पोष्टमार्टमा रिपोर्ट आईतबार आउदै छ । प्रहरी नियन्त्रणमा रहेका मनिषाका प्रेमी नवलपरासी तिलकपुरका २२ वर्षीय रुद्रनारायण चौधरी (आशिष)लाई आईतबारनै पोलीग्राफ ( प्रविधि प्रयोग गरी झुठो बोलेको वा साचो बोलेको थाहा हुने ) गरिने भएकाले घटनाबारे थप तथ्य आउने छ । राष्ट्रिय फुटवलर खेलाडी विमल घर्तीमगरकी १७ बर्षिय बहिनी नवलपरासीको बर्दघाट–८ पञ्चनगर भानुनगर गाउँ स्थित आफै निवासमा बिहीबार बिहान मृत अवस्थामा फेला परेकी थिईन् ।
प्रहरीले चौधरी सहित अन्य एक जनालाई समेत नियन्त्रणमा लिएको छ । तर अन्य एक जनाको नाम सार्बजनिक गरेको छैन् । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक चौधरीले बताउनुभयो ।
घटना घट्दा बेल्जियम रहेका मनिषाका दाजु बिमल नवलपरासी आईपुगीसकेका छन् । बिमल घर्ति खेलको सिलसिलामा बेल्जियम रहेकोले र आमा काम बिशेषले बुटवल गएको अवस्थामा मनिषा घरमा एक्लै रहेकी थिईन । मनिषा एक्लै भएको मौका छोपेर हत्या गरिएको अनुमान गरिएको छ ।
आमा बिहिबार बिहान घर फर्किदा घरको ढोका खुल्लै रहेको र कोठामा हेदा छोरी मृत अवस्थामा देखेपछि स्थानिय र प्रहरीलाई खबर गरेपछि मात्र घटना बाहिर आएको थियो ।
तपाइँको प्रतिक्रिया