मनिषा कोइरालाले तामिल फिल्म खेल्ने,उत्साहका साथ काम गर्ने योजना

अभिनेत्री मनिषा कोइराला एक तामिल फिल्मका लागि अनुवन्धित भएकी छिन् । यो फिल्ममा उनको अपोजिटमा हुने छन् अरविन्द स्वामी ।सन् १९९५ मा प्रदर्शीत मणिरत्नमको चलचित्र ‘बम्बे’ मा मनिषा र अरबीन्दको जोडी थियो । उक्त फिल्मले मनिषलाई नयाँ उचाईमा पुर्याएको थियो । बम्बेबाट मनिषाले बलिउडका केहि अवार्डसमेत हात पारेकी थिइन् ।यो जोडीलाई पुन पर्दामा ल्याउने भएका छन् नेसनल अवार्ड बिजेता तमिल फिल्म निर्देशक बालाले । यस फिल्ममा बाहुबालीमा अभिनय गरेकी अनुष्का शेट्टी पनि अनुबन्ध भएकी छिन् । जुलाईबाट सुटिङ हुने भनिएको फिल्मको नाम अहिलेसम्म तय भएको छैन ।जीबनको उत्तरार्ध नेपालमै समाज सेवा गरेर बिताउने सोच बनाएकी मनिषा अहिले पुन मुम्बई फर्किएकी छिन् । नेपाली फिल्म फेरि भेटौंलावाट अभिनय सुरु गरेकी मनिषाले सौदागरवाट हिन्दी फिल्ममा इन्ट्री गरेकी थिइन् ।पाँच वर्षअघि दिपेन्द्र के खनाल निर्देशित नेपाली चलचित्र ‘धर्मा’ मा मनिषाले अभिनय गरेकी छिन् । उक्त फिल्म बक्स अफिसमा सफल हुन सकेन । पाठेघरको क्यान्सरवाट पीडित मनिषा सफल उपचारपछि उत्साहका साथ काम गर्ने योजनामा छिन् ।
तपाइँको प्रतिक्रिया