मनिषा मत्यु प्रकरण : अनुसन्धान थप जटिल बन्यो ? प्रहरी

पुरुषोत्तम सुबेदी,
नवलपरासी, १९ जेठ । राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको सत्र वर्षीया बहिनी मनिषाका मृत्यु प्रकरण थप रहस्यमय बन्दै गएको प्रहरीले जनाएको छ।मत्युमा संलग्न रहेको आशंकामा पक्राउ परेका मनिषाका प्रेमी रुद्रनारायण चौधरी (आशिष) को पोलिग्राफ परीक्षण रिपोर्ट र मनिषाको शवको परीक्षण रिपोर्टको आधारमा मृत्यु प्रकरण थप रहस्यय साथै अनुसन्धन थप जटिल बनेको प्रहरीले बताएको हो।
जिल्ला प्रहरी कार्यालयमा आज आयोजीत पत्रकार सम्मेलनमा घटनाको शुष्म रुपमा अनुसन्धान भईरहेको र हालसम्मको अनुसन्धानको क्रममा सो घटना हत्या हो वा होईन यस बारे केही भन्न नसकिने प्रहरीले दाबी गरेको छ ।पत्रकार सम्मेलनमा आशिषको पोलिग्राफ परिक्षण रिपोर्ट अनुसार आशिषले मनिषाको हत्या नगरेको देखिएको पोलिग्राफ परिक्षणमा संलग्न क्षेत्रिय प्रहरी कार्यालयका पोखराका प्रहरी निरीक्षक राम प्रसाद पाण्डेले बताउनुभयो । “ पाण्डेले भन्नुभयो “आशिषको पोलीग्राम रिपोर्ट अनुसार आशिषले मनिषाको हत्या नगरेको देखिन्छ ”यद्यपी थप अनुसन्धान जारी छ। यता जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद चौधरीले काठमाडौ स्थित त्रिवि शिक्षण अस्पतालले मनिषाको शवको परीक्षण गरेको रिपोर्ट अनुसार मनिषाको मृत्युको कारण मुख्य करण ह्याङ्गिग ( घाटीमा दवाव परेको कारण ) भएको रिपोर्टमा उल्लेख छ ।
यता बिभिन्न संचार माध्यम र आम जनमानसको यो घटना प्रति बढी रुपमा चासो देखिएको हालसम्म भएको अनुसन्धान बारे पत्रकार सम्मेलन आयोजना गरी हालसम्मको अनुसन्धानत्मक अवस्था बारे जानकारी दिईएको लुम्बिनी अंचल कार्यालय भैरहवाका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक शेर बहादुर केसीले बताउनुभयो । केसीले भन्नुभयो “ मनिषाको ह्याङ्गिग ( घाटीमा दवाव परेको कारण ) उल्लेख भएपनि यो कस्तो प्रकारको हो यस बारे पनि शब परिक्षण गर्ने चिकित्सक संग छलफल गर्ने छौ घटनाको बारे अहिले केही भन्न सकिने अवस्था छैन अझै घटनाको प्रष्ट बितरण आउन दुई साता लाग्ने छ ” । राष्ट्रिय फुटबल खेलाडी विमलके बहिनी मनिषाको रहस्यमय तरिएकाले मृत्यु भएको घटनाबारे प्रहरीले अहिलेसम्मको अनुसन्धान गतिबिधी बारे पहिलो पटक औपचारीक रुपमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
यद्यपी अहिले घटनाको वास्तवीकता पुर्ण रुपमा आउन नसकेको प्रहरीले जनाएको छ ।
अहिले सो घटना हत्या हो वा मृत्य हो अहिले केही भन्न सकिने अवस्था छैन पत्रकार सम्मेलनमा बरिष्ठ प्रहरी उपरिक्षक केसीले भन्नुभयो “अनुसन्धान पुरा नहुन्जेल केही भन्नसकिने अवस्था छैन” ।
प्रहरीले अहिलेसम्मको प्रारम्भीक अनुसन्धानको क्रममा आशिषले मनिषाको सिधै हत्या नगरेको भएपनि आशिषकै कारण मनिषाको मुत्युको कारण रहेको प्रारम्भीक अनमान गरेको छ ।
मनिषा नवलपरासीको बर्दघाट ८ पन्चनगर भानुनगर गाउँ स्थित आफै घरमा गत बिहीबार बिहान आफै कोठामा मृत अवस्थामा फेला परेकी थिईन् । मनिषाको हत्या भएको आशँकामा प्रहरीले मनिषाका प्रेमी नवलपरासी तिलकपुरका रुद्रनारायण चौधरी (आशिष)लाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।
तपाइँको प्रतिक्रिया