मन्त्रिपरिषदको बैठक सुरु, प्रतिनिधिसभाको कार्यकाल शनिबार मध्यरातिदेखि अन्त्य गर्ने सरकारको तयारी

काठमाडौं, भाद्र ३१
मन्त्रिपरिषदको बैठक बालुवाटारमा आज ९ बजेबाट सुरु भएको छ ।
बैठकले संघीय संसद्को ११ औं अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने जनाईएको छ ।
निकै विवादित बनेको प्रतिनिधिसभाको कार्यकालको सन्दर्भमा शनिबार मध्यरातिदेखि अन्त्य गर्ने सरकारको तयारी थालेको बताईएको छ ।
राष्ट्रपतिसमक्ष समानुपातिकको बन्दसूची बुझाउनुअघि संसद् अधिवेशन अन्त्यको सिफारिस गर्न लागिएको पनि जनाईएको छ ।
निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारको बन्दसुची बुझाउन आइतबार र सोमबारका लागि समय तोकेको छ ।
तपाइँको प्रतिक्रिया