मन्त्रिपरिषद्को बैठक बेलुका ६ बजेसम्मका लागि स्थगित

आज विहानका लागि बोलाइएको मन्त्रिपरिषदको बैठक बिहीवार बेलुकासम्मका लागि स्थगित भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंदरबारमा विहान ८ बजेका लागि बोलाइको बैठक बेलुकी ६ बजेसम्मका लागि स्थगित गरिएको हो।सरकारबाट बाहिरिने चेतावनी दिएको एमाओवादीसँग थप छलफलका लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुकासम्मका लागि नियमित मन्त्रिपरिषदको बैठक स्थगन गरेको बताइएको छ ।यसअघि विहान ८ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक अघि एमाओवादीका मन्त्रीहरु नै आन्तरिक छलफलमा जुटेका थिए।
आफ्नै पार्टीकै नेतृत्वमा सरकार गठनका लागि प्रधानमन्त्री ओलीलाई आग्रह गरेकाले मन्त्रिपरिषद बैठकमा सहभागी हुने वा नहुनेबारे निर्णय लिन छलफलमा जुटेका हुन्।
तपाइँको प्रतिक्रिया