मन्त्रिपरिषद् गठन नभएसम्म प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा गठित मन्त्रिपरिषद्ले नै कार्य सञ्चालन गरिरहने

राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानको धारा २९८ को उपधारा १० बमोजिम अर्काे मन्त्रिपरिषद् गठन नभएसम्म प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा गठित मन्त्रिपरिषद्लाई नै कार्य सञ्चालन गरिरहने जिम्मेवारी दिनुभएको छ । राष्ट्रपति डाक्टर यादवसमक्ष प्रधानमन्त्री कोइरालाले आजैका मितिदेखि लागु हुने गरी संविधानको धारा २९८ बमोजिम प्रधानमन्त्री पदबाट लिखित राजिनामा दिनुभएको थियो । राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्यहरुप्रति राष्ट्रपति यादवले प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरुप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।
तपाइँको प्रतिक्रिया