मलेसियाका नेपालीलाई निःशुल्क कानुनी सेवा, पैसा तिर्नु नपर्ने

वैशाख १६-
मलेसियास्थित नेपाली राजदूतावासले एक जना कानुन व्यवसायीको व्यवस्था गरेको छ । मलेसियाका बिभिन्न जेल तथा डिटेन्सन क्याम्पमा रहेका नेपाली श्रमिकको तर्फबाट वकालत गर्न कानुन व्यवसायीलाइ नियुत्त गरिएको नेपाली राजदूतावास क्वालालम्पुरले जनाएको छ ।कानुन व्यवसायीलार्इ एक वर्ष समय अबधिकोको लागि नियुक्त गरिएको राजदूतावासले जारी गरेको बिज्ञप्टिमा उल्लेख छ ।अध्यागमन कानुनको अवज्ञा गरेका तथा अन्य अपराध गरी जेल सजाए पाएका र जेल सजायकाटी सकेर डिटेन्सन क्याम्पमा रहेकाहरुको मुद्दा अब कानुन व्यवसायीमार्फत अगाडि बढाइनेछ । सन् २००३ मा मलेसियामा नेपाली राजदूतावास स्थापना भएपछि कानुन व्यवसायीलाइ नियुक्त गरिएको यो पहिलो पटक हो ।अब मलेसियामा मुद्दा झेलिरहेका कुनैपनि नेपाली श्रमिकको तर्फबाट वकालत गर्नु परेमा नवनियुक्त कानुन व्यवसायीले गर्ने छन् ।यहा रहेका कोहिपनि नेपालीमाथि, मुद्दा मामिला परेको खन्डमा सोझै नेपाली राजदूतावासमा गई निवेदन र आवश्यक पर्ने अन्य कागजातहरु पेश गर्न सकिने छ ।
यसअघि स्थानीय कानुन व्यवसायीमार्फत वकालत गर्नु पर्दा महङ्गो शुल्क तिर्नुपर्ने बध्यता थियो । अब भने कानुन व्यवसायीलाइ कुनै शुल्क तिर्नु पर्दैन ।निशुल्क कानुनी सेवा तथा परामर्स पाउन सकिने नेपाली राजदूतावासले जानकारी दिएको छ । राजदूतावास श्रोतका अनुसार अहिलेपनि मलेसियाका बिभिन्न जेल तथा डिटेन्सन क्याम्पमा गरी झन्डै ६ सय नेपाली छन् ।
तपाइँको प्रतिक्रिया