मलेसियामा दुर्घटनामा परि मृत्यु भएका दुवाडीको शव बिहीबार काठमाडौ ल्याईयो

मलेसियामा मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएका धादिङ नलाङका केदार दुवाडीको शव बिहीबार काठमाडौ ल्याईएको छ । करिव एक साता अघि काम सकेर कोठामा फर्कने क्रममा कारले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । घाइते दुवाडीलाई स्थानिय इपो अस्पताल लगिएको केही समयमै ज्यान गएको थियो । तीन वर्षअघि मलेसिया आएका दुवाडी म्यामरुङ हाइल्याडको कपक फर्ममा काम कार्यरत थिए । उनको ज्यान गएपछि घटना गराएको गाडीका मालिकले केहि रकम दिएको र सो केस मेलेसियाको अदालतमा दर्ता भएको आफन्तजनले जनाएका छन् ।उनको श्रीमती पनि मलेसियामै कार्यरत छिन् । नेपालमा बुबा र तीन वर्षकी छोरा रहेको उनका आफन्त जनले जनाएका छन् ।
तपाइँको प्रतिक्रिया