मलेसियामा बस्ने नेपालीले पनि विभिन्न कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाए


आर एन चौधरी थारु
भदौ/५/सोमबार/मलेसिया
आदिवासी जनजाती महासंघ मलेसियाको तेस्रो राष्ट्रिय महाधिबेशन तथा २३ औं बिश्व आदिवासी दिवस भब्यताको साथ सम्पन्न भएको छ। “अधिकार प्रतिनिधित्व र स्वसाशनको लागी आदिवासी जनजातिको अडान । पहिचान सहितको संघीयताको लागी संविधान संशोधन हाम्रो साझा अभियान “भन्ने मुल नाराको साथ २३ औं महाधिबेशन कार्यक्रम मलेसियामा रहेको विभिन्न जातीय संघ संस्थाहरु शेर्पा किदुग मलेसिया/तामाङ समाज मलेसिया/नेपाल मगर संघ मलेसिया/प्रवासी थारु सेवा समाज मलेसिया/किरात याक्थुम चुम्लुङ मलेसिया/घले सेवा समाज मलेसिया/किरात राई यायोख्वा मलेसिया/तमु समाज मलेसिया/सुनुवार सेवा समाज मलेसिया लगायतको सहयोग र सहकार्यमा संयुक्त रुपमा आयोजित कार्यक्रम भब्य रुपले सम्पन्न गरेको छ। आइतबार मलेसियाको राजधानी क्वालालम्पुर स्थित (The 5 Elemantes )होटेलमा आयोजित अधिबेशन कार्यक्रमको सुभारम्भ प्रमुख अतिथि नेपाली राजदुतावास मलेसियाका (second secretary embassy of nepal in malaysia) नेपाली दूतावास क्वालालम्पुर मलेसियाका द्धितिय सचीव बिनोद मुखिया र कार्यक्रमको सभापति महासंघका पुर्व अध्यक्ष दिपक तामाङ बम्जनले संयुक्त रुपमा दिप प्रज्वल गरि गरेको थियो। प्रमुख अतिथि मुखियाले २३ औं आदिवासी दिवस तथा महाधिवेशन सफलताको शुभकामना दिदै आज जसरी सबै जनजातीहरु मिलेर अगाडि बढ्दै छ्न यसरी नै अगामी दिनमा पनि मिलेर जानू हुन सुझाब दिनु भयो र विश्व भरी छरिएर बसि राख्नु भएको आदिवासी जनजातीहरु आफ्नो माग मुद्दा स्थापित गराउन आफ्नो अस्तित्व आफ्नो/पहिचान जोगाउन अब एकताको क्षुत्रमा बाधिनु पर्ने भन्नू भयो। त्यसै गरि कार्यक्रमका सभापति आदिवासी जनजाती महासंघ मलेसियाको पुर्व अध्यक्ष दिपक तामाङ बम्जनले आगामी दिनहरुमा पनि यहाँ मलेसियामा रहेको जातिय संस्थाहरुलाइ एकताको क्षुत्रमा बाधेर सह कार्य गरेर हाते मालो गर्दै अगाडि बढ्नु पर्ने र महासंघले नेपाल राजदुताबाँस मलेसिया संग सहकार्य गरेर मलेसियामा बिना कारण दुख भोगि राखेको ,दुखमा परेको नेपालीहरुलाई उद्दार गर्न तिर लाग्न सम्पुर्ण महासंघको पदाधिकारी ज्युहरुको ध्यानाकर्षण गराउनु भयो। मलेसियाको इतिहासमै पहिलो चोटि २३औ विश्व आदिवासी दिवस तथा महासंघको तेस्रो महाधिवेशन कार्यक्रममा प्रवासी थारु सेवा समाज मलेसियाको तर्फबाट अतिथिको रुपमा सहभागी भएका थारु समाजका संस्थापक घनश्याम चौधरी उर्फ आर एन चौधरी थारुले आफ्नो मनतब्य राख्दै थारु नेपालको सबै भन्दा पुरानो आदिवासी जनजाती तथा तराईको भुमी पुत्र रहेको तर अहिले आएर नेपालको आफू भनाउदा नेताहरुले बाहुनबादि सोचबाट ग्रसित केही ब्यक्तिहरुले थारुलाइ मधेसीको ट्याग भिराउन खोजी राखेको थारुहरुको अस्तित्व मेटाउन लागि रहेको प्रती दु:ख ब्यक्त गर्दै थारु न मधेसी थियो नरहनेछ भन्ने बिचार राख्नु भयो, पहिलो चोटि थारु समाजको तर्फबाट महासंघको कार्यक्रममा अतिथिको सम्मान ग्रहन गर्न पाएको प्रती खुसी ब्यक्त गर्दै आज मलाई यो स्थान सम्म /पहुच सम्म साथ दिनु हुने सम्पुर्ण आफ्नो आत्मीय सहपाठी सहकर्मीहरुलाई धन्यवाद दिनु भएको थियो र अगामी दिनमा यसरी नै जनजातीहरु संग/जातिय संस्थाहरु संग मिलेर जाने समाजिक काममा सहकार्य गरेर अगाडि बढ्ने थारु समाजलाई नि अगाडि बढाउने भन्नू भयो भने थारु जातिको कला संस्कृती,रिति रिवाज/भेष-भुषालाई जगेर्ना गर्ने र स्वदेशमा मात्र नभए अब बिदेशमा पनि थारु जातीलाई चिनाउन आफु लागी पर्ने बताउनु भयो। आदिवासी जनजाति महासंघ मलेसियाको तेस्रो महाधिवेशनबाट सर्व सहमतीले चुनिएका नव निर्वाचित पदाधिकारीहरुको नामवली निम्न प्रकारको रहेको छ:-
१. अध्यक्ष – मिङमा शेर्पा
२. वरिष्ठ उपाध्यक्ष – नर ब. पुन मगर
३.उपाध्यक्ष – आर एन चौधरी
४. उपाध्यक्ष – राम तामाङ
५. उपाध्यक्ष – पि. टि.शेर्पा
६.महिला उपाध्यक्ष – दोर्जीमा शेर्पा
७. उपाध्यक्ष – सरिता चौधरी
८. महासचिव – चक्र तामाङ
९. सचीव – भिम राई
१०. कोषाध्यक्ष – राजेश लमिछाने मगर
११. सह-कोषाध्यक्ष – राजेन्द्र तामाङ
१२. सदस्यहरु – ङावाङ नुरी शेर्पा
१३. – संगम गुरुङ
१४. – हर्क ब. गुरुङ
१५. – शम्भु मोक्तान तामाङ
१६. – अमिर माबो लिम्बू
१७. – वेल्सन लावती लिम्बू
१८. – प्रजेश चौधरी
१९. – मनिराम थारु
२०. – रुपेन आले मगर
२१. – रेबन्त राज आङदेम्बे
२२. – सोनाम नोर्बु तामाङ
२३. – गगा चाम्लिङ

२३ औं आदिवासी दिवस तथा महासंघको तेस्रो महाधिवेशनबाट नव निर्बाचित पदाधिकारीहरुलाइ कार्यक्रमको प्रमुख अतिथि बिनोद मुखियाले र सभापति दिपक तामाङ बम्जनले प्रमाणपत्र र दोसल्ला ओढाइ सम्मान गरेका थिए भने महाधिबेशनमा आ-आफ्नो जातिय भेष भुषामा सजिएर मनमोहक नृत्य प्रस्तुत गर्ने सबैलाई सभापतिले प्रमाणपत्र दोसल्ला ओढाइ सम्मान गरेको थियो।कार्यक्रम संचालन/अतिथि आशन ग्रहण/ महासंघकै पुर्व वरिष्ठ उपाध्यक्ष अमृत लिम्बुले गरेको थियो भने स्वागत मनतब्य रमेश थापा मगरले राख्नु भएको थियो,कार्यक्रममा एनआरएन मलेसियाका महासचिव सुन्दर आले, नेपाली व्यापारी समाज मलेसियाका सदस्य दिलकुमार केरुङ विशेष अतिथ्यता रहेको थिथियो भने कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरुले/विभिन्न संघ संस्थाको पदाधिकारीहरुले आ-आफ्नो मन्त्ब्य ब्यक्त गरेका थिए । अतिथि सम्मान दोर्जिमा शेर्पा र याङ्जी शेर्पाले गर्नु भएको थियो।

तपाइँको प्रतिक्रिया