महन्थ ठाकुरलाई चुनौति दिने गोविन्द हराए, वरिष्ठ उपाध्यक्षमा त्रिपाठि

पप्पु रेग्मी,बर्दघाट, ७ जेठ २०७३
तराई मधेस लोकतान्त्रिक पार्टीको प्रथम राष्ट्रिय अधिवेशनले बुधवारका दिन केन्द्रिय अध्यक्षमा पुनः महन्थ ठाकुर र्निविरोध हुनुभएको छ । यस अघि अध्यक्षमा निवर्तमान महामन्त्री गोविन्द चौधरीले पनि उम्मेदवारी दिने घोषणा गरेता पनि अध्यक्षमा महन्थ ठाकुरको मात्रै उम्मेदवारी दर्ता भएको हो ।पार्टीको अध्यक्षमा र्निविरोध महन्थ ठाकुर चयन भएको घोषणा समेत गरिएको छ ।
यस्तै तमलोपाको वरिष्ठ उपाध्यक्षमा हृदेश त्रिपाठी र्निविरोध चयन हुनुभएको छ । पार्टीको वरिष्ठ उपाध्यक्षका लागि हृदेश त्रिपाठी ( नवलपरासी ) र विश्वनाथ प्रसाद यादव(सप्तरी)को उम्मेदवारी परेकोमा विश्वनाथ प्रसाद यादवले आफनो उम्मेदवारी फिर्ता लिनुभएको छ । उपाध्यक्ष पदका लागि बृखेशचन्द्र लाल(धनुषा) विजयी हुनुभएको छ । उपाध्यक्ष्मा उम्मेदवारी गरेका शंकर लाल चौधरी(सप्तरींं) र सर्वेन्द्रनाथ शुक्ला रुपन्देहिले आफनो उमम्ेदवारी फिर्ता लिएपछि बृखेन्द्र लाल विजयी हुनुभएको हो ।
पार्टीको विधानमा व्यवस्था गरिएको तिन जना उपाध्यक्षमा एक जना वरिष्ठ उपाध्यक्ष र एक जना उपाध्यक्ष निर्वाचनबाट र एक जना मनोनित हुने प्रावधान रहेको बताईएको छ ।
यसै गरी तमलोपाको महामन्त्री पदका लागि उमाकान्त झा(धनुषा), जंगीलाल राय(सर्लाही), बृजेश कुमार गुप्ता(कपिलवस्तु), जितेन्द्र सोनार(बारा),विमलप्रसाद श्रीवास्तव(पर्सा)को उम्मेदवारी परेको छ । तिन जना महामन्त्री मध्ये दुई जना निर्वाचनबाट र एक जना मनोनितबाट आउने व्यवस्था छ ।
यसै गरी सहमहामन्त्रीकालागि जयप्रकाश ठाकुर(सप्तरी), कृष्णा सिंह(महोत्तरी), समिम मिया अन्सारी(काठमाण्डौ), सुरेशकुमार मण्डल(सिराहा), जितेन्द्र सिंह (बारा), राकेश मिश्र (सर्लाही), उदयकिशोर तिवारी(सर्लाही), जनार्दन यादव(पर्सा), अभिराम शर्मा(महोत्तरी),महाजन यादव(धनुषा), पशुपति दयाल मिश्र(बाँके), चन्दा चौधरी (सर्लाही), राजेन्द्रकुमार शाह(सिराहा)को उम्मेदवारी परेको छ । तिन जना सहमहामन्त्री मध्ये दुई जना निर्वाचन र एक जना मनोनित हुने प्रावधान छ । यसै गरि ५ जना केन्द्रिय सदस्यमा मनोनित भएका छन नवलपरासी वाट २ जना पुरन चौधरी र विना थनेत जनजाति बाट मनोनित भएका छन ।
यसैगरी तमलोपाको कोषाध्यक्ष पदका लागि कविन्द्रनाथ ठाकुर (ललितपुर), अनिता कुमारी यादव(धनुषा), ईन्द्रराज प्रसाद सिह(महोत्तरी)को उम्मेदवारी परेको छ । तमलोपाको १४ जना पदाधिकारी मध्ये ९ जना निर्वाचनबाट र ६ जना मनोनित हुने व्यवस्था छ । तमलोपाको प्रथम महाधिवेशनले ७५ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । केन्द्रीय सदस्यमा भने आकांक्षी धेरै देखिएका छन । सर्वसम्मतको प्रयास भईरहेको छ । नभए चुनावबाटै चयन हुने निर्वाचन समितिले जनाएको छ । तमलोपाको प्रथम महाधिवेशन असार ६ गते देखि नवलपरासीको सदरमुकाम परासीमा जारी छ ।
तपाइँको प्रतिक्रिया