महन्थ ठाकुर र राजेन्द्र महतोसहित चार नेता जसपाबाट निष्कासित

काठमाण्डौ, १८ जेठ ।
जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद अन्ततः कारवाही सम्मको अवस्थामा पुगेको छ ।उपेन्द्र यादव पक्षले ठाकुर पक्षका चार नेतालाई पार्टीबाट निष्कासनको घोषणा गरेको छ । पार्टी निर्णय विपरीत काम गरेको भन्दै यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको यादव पक्षले जनाएको छ ।
७ जेठमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि हस्ताक्षर गरेपछि ठाकुरसहित चार नेतालाई अध्यक्ष यादवले स्पष्टीकरण सोधेका थिए ।
११ जेठमा तीन दिनको समय दिएर स्पष्टीकरण सोधिएकोमा ठाकुर पक्षले पनि उल्टै यादवलाई स्पष्टीकरण सोधेको थियो । ठाकुर पक्षले पनि यसको जवाफमा यादवलाई निष्कासनकै निर्णय गर्ने तयारी गरेको छ ।
तपाइँको प्रतिक्रिया