महाअभियोगबारे वयान दिन निलम्बित प्रधान्यायाधीश चोलेन्द्र आज सिंहदरबार पुगे

काठमाडौँ, भदौ १५
आफूविरुद्ध लागेको महाअभियोगबारे वयान दिन निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबरा आज सिंहदरबार पुगेका छन् ।
तर महाभियोग सिफारिस समितिको बैठक ११ बजे बस्ने भनिए पनि अझै सुरु भएको छैन ।
राणा निर्धारित समयमै सिंहदरबार पुगे पनि बैठक सुरु नहुँदा संसद सचिवालयका महासचिवको कार्यकक्षमा प्रतिक्षारत छन् ।
जबरा सिंहदरबारभित्र रहेको पुरानो प्रतिनिधि सभाको मूल गेट हुँदै भित्र छिरेका थिए ।
उनलाई संसद सचिवालयका मर्यादापालकहरुले सुरक्षा दिंदै भित्रसम्म पुर्याएका थिए ।
तपाइँको प्रतिक्रिया