महाधिवेशनको बन्दसत्र भोलि र पर्सि सौराहामा हुने

चितवन, १० मंसिर ।
महाधिवेशनको बन्दसत्र भोलि र पर्सि सौराहामा हुने
चितवन, १० मंसिर । नारायणी नदी किनारमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भोलि र पर्सि सौराहामा हुनेछ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन भव्य समारोहकाबीच नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।
देशभरका ७७ जिल्ला, ७५३ पालिका र ६ हजार ७४३ वटै वडाबाट आएका लाखौँ जनता, स्वेदशी तथा विदेशी पाहुनाहरु सहभागि भएका थिए । एमाले महाधिवेशनमा आएका नेता, कार्यकर्ता, शुभेच्छुक, प्रतिनिधि तथा पर्यवेक्षकहरुले नारायणी नदी किनार भरिभराउ भएको थियो ।
तपाइँको प्रतिक्रिया