महानगरीय प्रहरी अपराध महाशाखा टेकुद्वारा काठमाडौंमा संचालित अवैध हुन्डी कारोबार हुने स्थानहरुमा छापा

महानगरीय प्रहरी अपराध महाशाखा टेकुले काठमाडौंमा संचालित अवैध हुन्डी कारोबार हुने स्थानहरुमा छापा मारेको छ । महाशाखाको टोलीले काठमाडौका सुन्धारा, ठमेल र न्युरोड क्षेत्रमा संचालित मनिट्रान्सफरहरुमाथि छापा मारेको हो । मनिट्रान्सफरबाट हुन्डीको कारोबार हुँदै आएको सुराकीका आधारमा महाशाखाले एक महिना लगाएर अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानपछि महाशाखाखाले ८ वटा टोली बनाएर एकैसाथ छापा मारेको हो । सुन्धाराको देउराली मनी ट्रान्सफरलगायतका ५ भन्दा बढीस्थानबाट लाखौं रुपैयाँ बरामद गरिएको एसएसपी सर्वेन्द्र खनालले जानकारी दिनुभयो । प्रहरीका अनुसार हुन्डीविरुद्ध राजधानीमा छापा मारेको पहिलो पटक हो । महाशाखाको टोलीले मनिग्राममा कार्यरत केही कर्मचारी र संचालकलाई पक्राउ गरेको छ ।
तपाइँको प्रतिक्रिया