महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई अधिकार सम्पन्न बनाउन ज्यादै ढिलाइ भएको:प्रहरी महानिरीक्षक अर्याल

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई अधिकार सम्पन्न बनाउन ज्यादै ढिलाइ भएको बताउनुभएको छ । महानगरीय प्रहरी कार्यालयले दिवसका अवसरमा बुधबार काठमाडौंमा गरेको कार्यक्रममा प्रहरी महानिरीक्षक अर्यालले स्थापना भएको १० वर्षसम्म पनि अधिकार सम्पन्न बनाउन नसकिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । शान्ति सुरक्षामा लगानी राज्यको पहिलो प्राथमिकता हुनुपर्ने अर्यालले बताए । प्रहरीलाई समय सापेक्षअनुसार आधुनिकिकरण गर्न खाँचो रहेको उहाको भनाई छ । त्यसका लागि केही प्रहरी ऐन नियम परिमार्जन गर्नुपर्ने उहाले बताउनुभयो ।महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजीपी विज्ञानराज शर्माले उपत्यका प्रहरीलाई अझ व्यावसायिक बनाउने प्रण गर्नुभयो । दिवसका अवसरमा उत्कृष्ट काम गर्ने प्रहरीहरुलाई सम्मानसहित नगद प्रदान गरिएको थियो ।उत्कृष्ट कार्यसम्पादनतर्फ काठमाडौं प्रहरीका डिएसपी रेवती ढकाल सम्मानित हुनुभयो ।प्रहरी निरीक्षक टिकराम रेग्मी, ट्राफिकतर्फ सइ एकराज धमला, अपराध अनुसन्धानतर्फ प्रहरी हवल्दार धर्मराज खड्का, प्रशिक्षकतर्फ प्रहरी जवान कुमार कार्की सम्मानित हुनभयो भने उत्कृष्ट वृतमा गौशाला वृत चयन भयो ।
तपाइँको प्रतिक्रिया