महानायक हमालले खरिद गरे जिप कम्पास गाडी

काठमाडौं । महानायक राजेश हमालले लिजेन्डरी कम्पासको जिप खरिद गरेका छन् । बिहीबार नक्सालस्थित जिप सोरुमबाट जिप खरिद गरका हुन् ।
गाडी खरिद गर्न हमाल पत्नी मधुलाई लिएर जिपको नक्साल आउटलेटमा पुगेका थिए ।
बाल्यकालदेखि नै जिपबारे सुनेको र केही फिल्म छायांकनमा विलिस जीप चलाएको अनुभव रहेको उनले सुनाए । ‘म जीपको अफरोड क्षमताबाट प्रभावित थिएँ’ उनले भने ।
केही महीनादेखि नेपाली बजारमा जिपको विक्री सुरु भएको थियो भने यो ब्रान्डको जिपका ग्राहक बढिरहेका छन् ।
नेपालमा जिपको नयाँ मोडेल कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेलमा उपलब्ध रहेको जनाइएको छ । यसको मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया