महायज्ञ सुरु

बिबेक भण्डारी माघ १७ , आइतवार देखि नवलपरासीको देवचुलिनगरपालिका केउरेनी स्थीत नारायणि नदि किनारमा धार्मिक मेला सुरु भएको छ । पितृ मोक्ष तथा वृद्धहरुको सहयोगार्थ उक्त धार्मिक मेलाको आयोजना गरिएको हो । आइतवार विभिन्न वाजागाजा सहित दलदले,केउरेनी दुम्कौली परिक्रमा गरि मेला स्थलमा विभिन्न झाकि सहित सोभा यात्रा निकालिएको हो । पितृहरुको सेवा तथा पितृ मोक्षको लागि सो धार्मिक मेलाको आयोजना गरिएको छ । मेला माघ १७ गते देखि २६ गते सम्म लाग्ने छ । धार्मिक मेलामा प्रखर युवा पंडित इश्वर कृष्ण माहाराज जिको मुखार विन्द बाट कथा वाचन गरिने छ । मेला देवचुलिनगरपालिको आयोजनामा संञ्चालित रहेको छ ।
तपाइँको प्रतिक्रिया