महिलाहरूको लागि सस्तो र सर्वसुलभ मूल्यमा विक्रीवितरण र सिलाईको लागि सहकारी टेर्लस संचालन

महिला स्वाभलम्वन सामाजिक उद्यमी सहकारी संस्था लिमिटेडले विहिवारदेखि सहकारी टेर्लस संचालन गरेको छ। संस्थाका शेयरसदस्य एवं महिलाहरूको लागि सस्तो र सर्वसुलभ मूल्यमा विक्रीवितरण र सिलाई गरि महिलाहरू पनि उद्यमी वनून् भन्ने उद्धेश्यले संचालन गरिएको हो। गैडाकोट नगरपालिकाको सहयोगमा संस्थाले २६ जना शेयरसदस्यलाई छमहिने सिलाईकटाई तालिम संचालन गरेको थियो। उक्त तालिमवाट यस संस्थाले उत्कृष्ट सदस्यलाई संस्थाले नै रोजगार दिएर आज आठवटा मेशिन राखी लेडिज टेलर्स एण्ड शुट स्पेशलिष्ट टेलर्सको उद्धाटन गरेको छ । सदस्यलाई उद्यमी वनाउन वेसार खेती, सिलाईकटाई ,कुसन गुडिया तालिम विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको जानकारी अध्यक्ष शान्ती कोईरालाले दिनुभएको हो। ।
तपाइँको प्रतिक्रिया