महिला हिंसा न्युनिकरणका लागी एक दिने अभिमुखीकरण कार्यक्रम

देवचुलि नगरपालिका २ पुर्नवासमा संकल्प संस्था र क्रियासिल पत्राकार महिला (wwj) को संयुक्त आयोजनामा वहिवार सम्पन्न भएको छ । माझि मुरहर र वोटे समुदायका महिलाहरु लाई महिला हिंसा सम्वन्धि जनचेतना फैलाउने उद्देश्यले उक्त कार्यक्रम गरीएको थियो । घर शन्ति नै विश्व शन्तिको आधार पुनं निमार्ण शिक्षा र समान ब्यवहार भन्ने मुल नाराका साथ अन्तराट्रिय महिला हिंसा विरुद्धको १६ दीने अभिमुखीकरण गरीएको हो । कार्यक्रममा ईलाका प्रहरी कार्यलय कावासोतिका साहयक प्रहरी निरीक्षक गोमति सारु को प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा महिलाहरु अझै पनिघरेलु हिंसा वाट पिडित हन परीरहेको भन्दै महिला हितमा रहेको कानुनको वारेमा कावासोति साहयक प्रहरी निरीक्षक सारुले जानकारी दिनुभएको थियो । कार्यक्रममा नवलपरु क्षेत्रका महिला पत्रकारहरुका उपस्थिति रहेको थियो ।उक्त कार्यक्रम क्रियासिल पत्राकार महिला (धधव)को उपाध्यक्ष धनु भुषालको अध्यक्षतामा सम्पन्न भएको भएको थियो ।
तपाइँको प्रतिक्रिया