माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाईयो

काठमाडौं , असोज १७
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम पार्टीले समानुपातिकको बन्द सूचीबाट हटाएको छ ।
समानुपातिकको बन्द सूचीमा रहेकाहरूको नाम सच्याउन निर्वाचन आयोगले दिएको अन्तिम समयमा आएर महराको नाम हटाएको स्रोतले जनाएको छ । महराकै इच्छामा नाम हटाइएको स्रोतले जनाएको छ ।
महराको नाम हटाइएको माओवादी स्रोतले पुष्टि गरेको छ । तर महरा प्रत्यक्ष चुनाव नलड्ने भएका छन् ।
२०४८ सालदेखि लगातार टिकट पाएका र जितेका महरालाई समानुपातिकमा राखिएकोमा आलोचना भएको थियो ।
तपाइँको प्रतिक्रिया