माघ १७ देखि सुरु हुने पाँचौ नवलपुर महोत्सवको तयारी सुरु

पुस, १९, कावासोती
आगामि माघ १७ देखि सुरु हुने पाँचौ नवलपुर महोत्सवको तयारी सुरु भएको छ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव सफल पार्न संघका अध्यक्ष डासुराज पोखरेलको संयोजकत्वमा १०५ जना सदस्य रहने गरि महोत्सव मुल समारोह समिति गठन गरिएको छ ।
महोत्सव स्थल कावासोती ३ को बरचुली बौद्व गुम्बामा आज भएको बृहत भेलाले पोखरेलको संयोजकत्वमा आज ७५ सदस्यिय मुल समिति गठन गरेको हो । बाँकी ३० जनालाई मनोनित गर्नेगरि समिति गठन गरिएको महासचिव बैकुण्ठ प्रसाद अर्यालले जानकारी दिनुभयो । त्यसैगरि संघका बरिष्ठ उपाध्यक्ष पुष्प पाण्डेको संयेजकत्वमा अतिथी सत्कार समति गठन गरिएको छ भने महासचिव अर्यालको संयोजकत्वमा सचिवालय व्यबस्थापन समिति गठन गरिएको छ । भेलाले संघका कोषाध्यक्ष केशव राज भट्टराईको संयोजकत्वमा अर्थिक समिति गठन गरेको छ भने महोत्सवमा हुने गण्डकी प्रदेश स्तरिय लोकदोहोरी गित प्रतियोगिताको संयोजकमा तेज बहादुर केसीलाई चयन गरेको छ ।
भेलामा बोल्दै संघका अध्यक्ष पोखरेलले महोत्सव सफल गराउन सबै क्षेत्रको सहयोग चाहिने भएकाले सबैको सल्लाह सुझाव मार्फत अघि बढ्ने प्रतिबद्वता व्यक्त गर्नुभयो । भेलामा शिक्षा विकास तथा समन्वय ईकाई नवलपुरका प्रमुख कृष्ण चन्द्र पोखरेल, कावासोती नगरपालिका वडा नंबर ३ का अध्यक्ष अमृत कुमार श्रेष्ठलगायतले महोत्सव सफलताको शुभकामना दिएका थिए । कृषि, पर्यटन, सुचना प्रविधि र जलस्रोत विकासको पुर्वाधार, उद्योग र व्यापार नवलपुर समृद्विको आधार भन्ने मुल नारा सहित सुरु हुने महोत्सवमा सबै क्षेत्रको सहभागिता गराएर महोत्सवलाई भव्य रुपमा सफल बनाउनुपर्नेमा सहभागिहरुको जोड थियो । कार्यक्रममा नगरका सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
तपाइँको प्रतिक्रिया