माघ १ गते देखी ११ गते सम्म कावासोतीमा माघ मेला धार्मिक यज्ञ महोत्तसव २०७२ हुने

नवलपरासीको कावासोतीमा माघ १ गते देखी ११ गते सम्म माघ मेला धार्मिक यज्ञ महोत्तसव २०७२ हुने भएको छ । नेपालकै इतिहासकै प्रथम पटक हुन गईरहेको श्रीमद्भागवत धनधान्याचल जागरणको बारेमा शनिवार पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो । देवघाट धाममा असाहाय वालवालिकाको लागि आवास , पितृमोक्षका लागि यज्ञ गर्न लागिएको यज्ञ सम्पादन मुल आयोजक समितीका संयोजक देवि प्रसाद न्यौपानेले जानकारी दिनुभयो । यज्ञमा ईश्वर कृष्ण जी मराहाजले कथा वाचन गर्नुका साथै नेपालका प्रख्यात सन्त महात्मावाट प्रवचन हुनेछ । साथै ईश्वर कृष्ण जीमहाराजले नवलपरासीको घोसारघाटमा शव दहन स्थल निमार्णमा समेत सहयोग गर्ने वचन दिनुभएको छ । यज्ञमा ११ लाख तिलको लड्डु गणेश भगवान लाई अपर्ण गर्नुका साथै हिन्दु धर्मको प्रचारात्मक र आध्यात्मीक पक्ष वारे पनी सचेतना फैलाउनु रहेको छ । सोही पत्रकार सम्मेलनमा नारायण शर्माको अध्यक्ष , नविन पौडेल सचिव रहेको प्रचार प्रसार समिती समेत गठन गरीएको छ । यज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
तपाइँको प्रतिक्रिया