माछा पालनको लागि नवलपुर क्षेत्र उपयुक्त

बिबेक भण्डारी १४, नवलपरासीको नवलपुर क्षेत्र माछा पालनको लागि उपयुक्त क्षेत्र रहेको केन्द्रिय मत्स्य प्रयोगशाला केन्द्रले जनाएको छ। जिल्लाको नवलपुर क्षेत्रमा सिमसार क्षेत्र रहेकोले पनि नवलपुरमा माछा पालन गर्ने क्षेत्र उपयुक्त रहेको बताइएको छ । माछा पालनका लागि सिमसार क्षेत्र मौसमि हिसाबले पनि पयुक्त हुने ह’दा नवलपुर क्षेत्र माछा पालन गर्न उपयुक्त हुने देखिएको हो । केहि दिन अगाडि केन्द्रि मत्स्य प्रयोगशाला बल्खुबाट आएका प्राविधिक टोलिलले गरेको अध्ययनले नवलपुर क्षेत्र माछाका लागि उपयुक्त रहेको बताइएको छ। बरिष्ठ मत्स्य विकास अधिकृत श्रवण कुमार चौधरीले बताउनुभयो । उहाका अनुसार जिल्लाको नवलपुर क्षेत्र माछा पालनको सम्भाव्यता प्रचुर मात्रामा रहेको बताउनुभयो ।
चौधरीका अनुसार नवलपुर क्षेत्रमा अझै पनि सिमसार क्षेत्र प्रशस्त रहेकोले यो क्षेत्र माछा पालनको लागि उपयुक्त देखिएको बताउनु भयो । यहा केवल एक बालि मात्र लगाएर नहुने बताउदै माछा पालनको राम्रो सम्भावना भएको हुदा यसमा पनि कृषकहरु लाग्नुपर्ने बताउनुभयो । माछा नगदे बालि भएको कारण पनि प्रचुर सम्भावनालाई आम्दानीको स्रोत बताउनुपर्ने बताउनुभयो । उहका अनुसार सम्भानाका हरेक पाटाहरु ब्जार संग जोडिएको हुने भएकोले माछाको हकमा अहिले सम्म बजारमा कुनै समस्या नरहेको बताउनुभयो । बरिष्ठ मत्स्य अधिकृत चौधरीका अनुसार किषनले उत्पादन गर्न मात्रै सक्नु पर्छ उहाले बताउनुभयो । जिल्लाको नवलपुर क्षेत्रमा माछा उत्पादन गर्दे आएका किसानहरुले पनि माछा पालनबाट राम्रो आम्दानि गर्दे आएको देखिएको छ। जिल्लाको नवलपुर क्षेत्रमा मात्र अघिल्लो आर्थिक वर्षको तथ्याङ अनुसार १७३ वटा माछा पोखरीहरु दर्ता रहेका छन ।
तपाइँको प्रतिक्रिया