माडी क्षेत्रको विकासका लागि गठन गरिएको सर्वदलिय टोलीले मन्त्रीहरुसँग भेटघाट

राजेन्द्र आचार्य
चितवन, २९ जेठ । चितवनको दक्षिणमा पर्ने माडीको विकासका लागि माडीबासीले पहल थालेका छन् । माडी तथा आफ्ना क्षेत्रको समस्या समाधानको लागि छलफल गरेका छन् । माडी नगरपालिकाका सर्वदलिय प्रतिनिधि र सभासद् सहितको टोलीले ५ वटा मन्त्रालयमा पुगेर मागपत्र बुझाएको सर्वदलिय टोलीका सदस्य एवं नेकपा एमाले माडी नगरका प्रतिनिधि नादरमणि पौडेलले जानकारी दिए । माडीको सव स्टेशनमा विजुली परिक्षण सफल भएपनि विजुली वितरण नगरिएकोमा चिन्ता व्यक्त गर्दै टोलीले तत्काल विजुली पठाउन माग गरेका छन् ।सो भेटघाट र छलफलपछि प्राधिकरणका सह निर्देशक विकासमान लामाले आवश्यक प्रक्रिया पुर्याई कार्यालय व्यवस्थापन गर्न र विजुली वितरण गर्न सम्वन्धीत कार्यालय हेटौडालाई परिपत्र गरेका छन् । उनले प्राधिकरणको क्षेत्रिय कार्यालय हेटौडालाई पत्राचार गरी सो काम छिटो गर्न निर्देशन समेत दिए । सो सम्वन्धमा कार्यपुरा गर्न उर्जामन्त्री टोपबहादुर रायमाझीलाई भेटी टोलीले समस्या राखेका थिए । मन्त्री रायमाझीले माडीमा भएको समस्या तत्काल समाधान गर्न विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् ।यसैगरि टोलीले वन मन्त्री अग्नी सापकोटालाई भेटि वनकठ कसरा खण्डका रुखले बाटो साँघुरो बनाएको भन्दै रुख व्यवस्थापन गरी सडक विस्तार गर्न आग्रह गरेको थियो । मन्त्री सापकोटाले तत्कालै टोली पठाई अनुगमन गरेर तुरुन्तै कार्यान्वयनमा जाने प्रतिवद्धता व्यक्त गरे ।निकुञ्जको सोही खण्डमा विहान ४ वजे देखि राती ११ वजेसम्म गाडी सञ्चालन गर्ने व्यवस्था गर्न टोलीले माग गरेको नेकपा माओवादी केन्द्रका नगर प्रतिनिधि माधव चापागाईंले बताए ।मन्त्री सापकोटाले मागलाई सम्वोधन गर्दै निकुञ्ज विभागलाई तुरुन्तै निर्देश गर्ने आश्वासन दिए ।यस्तै टोलीले माडी नगरपालिकामा आवश्यक पर्ने ग्रेडर, दमकल, स्काभेटर, ट्रिफर लगायतका गाडीहरु उपलव्ध गराउन उपप्रधान एवं संघिय मामिला तथा स्थानिय विकास मन्त्री कमल थापालाई भेटी मागपत्र बुझाएको थियो ।उपप्रधानमन्त्री कमल थापाले अवश्यक भेईकल यसै आर्थिक बर्ष्भित्रमा उपलबध गराउने प्रतिवद्धता व्यक्त गरेको नेपाली काँग्रेसका नगर प्रतिनिधि शोभाखर चापागाईले जानकारी दिए ।यसै गरि आर्थिक बर्ष २०७३र७४बाट सुरु गर्ने भनेको ठोरी सडक रेड वुकमा देखिएपनि बजेट व्यवस्था नगरिएकाले आवश्यक वजेटको व्यवस्था गर्न र सो बाटो चितवन रसुवा भनिएपनि माडी छुट्ने देखिएकाले अर्थ मन्त्री विष्णु पौडेललाई ठोरी, माडी, भरतपुरहुँदै रसुवा केरुंग जानका लागि नगर प्रतिनिधि मण्डलले माग पेश गरेको थियो । सो सम्वन्धमा मन्त्री पौडेलले उक्त बाटोले माडीलाई नछुटाउने कुरामा ढुक्क हुन टोलीलाई आश्वस्त पारे ।पाँच दिन लगाएर टोलीले विभिन्न मन्त्रालयका मन्त्री तथा उच्च अधिकारीलाई भेट गरेको संघिय समाजवादी फोरमका प्रतिनिधि पारश सहनीले बताए ।टोलीमा सासद्हरु धनिराम पौडेल, उमेश श्रेष्ठ, रुकमणि चौधरी, पूर्व साँसद सिता पौडेल, एमाले नेतृ पार्वती रावल, सहित सर्वदलिय टोलीका सदस्य एवं नेपाली काँग्रेस माडी नगर प्रतिनिधि शोभाखर चापागाई, एमालेका नगर प्रतिनिधि नारदमणि पौडेल, नेकपा माओवादी केन्द्रका माधव चापागाई, संघिय समाजवादी फोरमका पारस सहनी सहितको सहभागीता थियो ।
तपाइँको प्रतिक्रिया