माडी नगरपालिकामा साँढे २ सय घर डुबानमा

प्रकाश सिग्देल
साउन २८, शनिबार
चितवन
चितवनको दक्षिण क्षेत्र माडी नगरपालिकामा साँढे २ सय घर डुबान परेका छन् । शुक्रबार दिउँसोदेखि परेको अविरल वर्षा पछि आएको बाढीले माटोका ४० घर पूर्ण रुपमा क्षति पुगेको र २ सय घरमा प्रभावित बनेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । बाढीले पारेको क्षतिको अवस्था बुझ्न अहिले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी उपरीक्षक दीपक थापालगायतको टोली अहिले माडीमा रहेको छ । बाढी प्रभावितहरुलाई सुरक्षित स्थानमा राखिएको प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिनुभयो । बाढीले बरुवा चिरौली बीचमा पर्ने चिताई खोलाको पुल समेत बगाएको छ। बाढीबाट मानवीय क्षती भने भएको छैन् । माडी नगरपालिकाको वडा नं.१, २, ४ र ६ का गाउँहरु डुबानमा परेको हो । माडीका गटुवा, बनकट्टा, कुन्तीपुर, सन्तपुरलगायत स्थानका घरहरु डुबानमा परेका हुन् । अहिले रिउ खोलाको सतह ३.३७ मिटर छ भने नारायणी नदीको सतह ५.३० मिटर रहेको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया