मानवअधिकारको संरक्षणका लागि व्यवहारिक रुपमै लाग्नुपर्ने राष्ट्रपतिको भनाई

ले ओठे भक्ति, पाँचतारे होटलमा गरिने गोष्ठी र सेमिनारले मात्र मानवअधिकारको संरक्षण हुन नसक्ने बताउनुभएको छ ।सातौं मानवअधिकार राष्ट्रिय महाभेला–२०७२ को बुधबार काठमाडौमा उद्घाटन गर्दे उहाले मानवअधिकारको संरक्षणका लागि व्यवहारिक रुपमै लाग्नुपर्ने धारणा राख्नुभयो । उहाले कुरा र भाषणभन्दा काममा लाग्न मानवअधिकारकर्मीलाई आग्रह गर्नुभयो । लोकतन्त्रपछि मानवअधिकारको क्षेत्रमा उल्लेख्य सुधार आएको भन्दै राष्ट्रपति भण्डारीले मानवअधिकारको संरक्षण गर्न सबै सचेत हुनुपर्ने पनि उल्लेख गर्नुभयो । उहाले मानवअधिकार र महिला अधिकारकार संविधानिक प्रत्याभूतिको विषय भएको भन्न्दै आफू मानवअधिकारको संरक्षणका लागि प्रतिबद्ध रहेको पनि बताउनुभयो ।
तपाइँको प्रतिक्रिया