मालागाले रियल मड्रिडलाई बराबरीमा रोक्यो, भिल्लारियल शीर्ष स्थानमा

१० असोज, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा मालागाले रियल मड्रिडलाई बराबरीमा रोकेको छ ।
शनिबार राति भएको खेलमा रियलले मालागासँग गोलरहित बराबरी खेलेको हो । रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो खेलको अन्तिम १३ मिनेट १० खेलाडीमा सिमित भएको मालागाविरुद्ध गोल गर्न असफल रहे ।
रोनाल्डो रियल मड्रिडको टप स्कोरर बन्न मात्र तीन गोलले पछि छन् । मालागाविरुद्ध गोल गर्न नसकेका उनले आफ्ना आक्रोस तथा निरासा पोलमा देखाए ।
अर्को खेलमा भिल्लारियलले एथ्लेटिको मड्रिडलाई १–० ले हराएको छ भने सेल्टाभियो र आइबरले १–१ को बराबरी खेलेका छन् ।
यो नजितासँगै भिल्लारियल ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । उसको ६ खेलबाट १६ अंक छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको १५ अंक छ ।
तपाइँको प्रतिक्रिया