मिटर ब्याजीपीडितको अर्को समूहको सिंहदरबार अगाडि प्रदर्शन

काठमाडौं, चैत्र २४
मिटर ब्याजीपीडितको अर्को समूहले सिंहदरबार अगाडि आज प्रदर्शन गरेका छन् । आफूले न्याय नपाएको, अन्याय भएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद अगाडि उनीहरुले प्रदर्शन गरेका हुन् । विभिन्न जिल्लाबाट आएका ति मिटरव्याजपीडितहरुले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । माइतीघर मण्डलाबाट भद्रकालीसम्म विरोध ¥याली निकाली सिंहदरबार अगाडि कार्यक्रम गरेका थिए ।
यसअघि शनिबार मात्रै सरकार र मिटरब्याजपीडित बीच समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्नेसहितको पाँच बुँदे सहमति भएको थियो । सहमतीको मसी पनि राम्ररी सुक्न नपाउँदै अर्को समूहले सरकारसँग न्यायको माग राख्दै प्रदर्शन गरेका हुन् ।
सरकारसँगको सहमति फितलो र अन्यायपूणर््, न्याय दिननसक्ने भन्दै उनीहरूले आन्दोलन नरोक्ने चेतावनी दिएका छन् । सरकारले एउटा समूहका पीडितसँग सहमति गरेको २ दिनपछि देशभरका मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएर आन्दोलन सुरू गरेको हो ।
तपाइँको प्रतिक्रिया