मिठाइ उधोगबाट तिस भन्दा बढिलाई रोजगार

माघ ३, बिबेक भण्डारी । नवलपरासीको मुकुन्दपुरमा मिठाइ उधोग सञ्चालन भएपछि त्यस क्षेत्रका महिला तथा युवाहरुले रोजगार पाएका छन । २०६९ सालबाट संञ्चालनमा आएको हरिओम फुड प्रोडक्टले स्थानिय ३५ जनलाई रोजगार प्रदान गदै आएको छ । गाउका युवा तथा महिलाहरुले त्यस उधोगमा कार्य गर्दै आएका छन । विशेष गरि मिठाइका परिकारहरु उत्पादन गदै आएको उधोग संञ्चालमा आएपछि महिलाहरु खालि बस्न नपरेको महिला तथा युवाहरुको भनाई छ । पहिले घरमा खालि बस्नु पर्ने , २-४ पैसा जुटाउन पनि समस्या पर्दै थियो भने अहिले आफै रोजगारमा लागे पछि घर खर्चको लागि यति समस्या नभएको उनिहरुको भनाई छ। जिल्लाको नवलपुर क्षेत्रको गैडाकोट नगरपालिका मुकुन्दपुरमा संञ्चालनमा रहेको सो मिठाइ जन्य वस्तुहरु उत्पादन हुने उधोगमा कार्य गरे बापत मासिक ६ हजार रुपैया भन्दा माथि पाउने गरेको उधोगमा कार्यरत कामदारको भनाइ छ। घरमा खालि बस्नु भन्दा केहि गर्नुपर्छ भन्ने मानसिकताले आफुहरु उघोगमा कामा गर्ने गरेको महिलाहरुको भनाइ छ। मिठाई उधोग संञ्चालक विनोद शाहका अनुसार मिठाइ उत्पादन गर्न आवस्यक पर्ने विभिन्न किसिमका वस्तुहरु विरगजं बाट ल्याइने गरेको र यहाबाट विभिन्न किसिमका मिठाईहरु बनाएर बाहिर पठाउने गरेको बताउनुभयो । उधोगमा ललिपप , सोनपाप्रि , पेडा का परिकार बनाई गरेको बताउनुभयो । २०६९ सालमा स्थापना भएको उधोगमा हाल ३५ जना कामदारहरु रहेको बताउनुभयो । संञ्चालक शाहका अनुसार आफुले पहिलो पटक सुरु गर्दा ३-४ जना कामदार राखेको भए पनि हाल ३५ जना कामदारहरुले रोजगार पाएका बताउनुभयो । साना तथा घरेलु उधोगमा दर्ता भएर संञ्चालनमा रहेको मिठाई उधोगमा श्रम गर्ने महिलाका प्राय जसो श्रीमान रोजारीको लागि बिदेशिएका छन । श्रीमानको कमाईले मात्र खर्च धान्न गरोहुने र आफुहरुले नि केहि गरे थपथाप हुने भएकाले मिठाई उधोगमा श्रम गर्दै आएको उनीहरुले बताए । काम गर्न खासै दुख पनि नभएको , घरको नजिकै उघोग संञ्चालन रहेको कारण घरको काम गर्दे उघोगमा पनि कार्य गर्दे गरेकोले पनि सरल भएको उनिहरुको भनाई छ । त्यहाका स्थानिय महिलाहरु खालि समयको सदुपयोग गर्दे यतिबेला सो उधोगमा श्रम गर्दे आएका छन । उनिहरुले मासिक रुपमा ६ हजार देखि १० हजार सम्म कमाउन सफल भएका छन । जस्ले गर्दा घर खर्च सजिलै संग चलिरहेको बताउछन ।
तपाइँको प्रतिक्रिया