मिति र तिथि नहुँदै र राजा रजौटाहरु नबन्दै सुरु भएको वैदिक सनातन धर्मको गरिमा अत्यन्तै महत्वपूर्ण- गण्डकी प्रदेश सांसद महेन्द्र ध्वज जिसी

गैंडाकोट, माघ ९ । गोपेश्वर महादेव मन्दिरको ३० औं साधारणसभा सम्पन्न भएको छ । गैंडाकोट २ मा रहेको श्री गोपेश्वर महादेव मन्दिरको परिसरमा सोमवार भएको साधारणसभाका प्रमुख अतिथि एवं गण्डकी प्रदेशका सांसद महेन्द्र ध्वज जिसीले शिवालयमा आएर थोरै बेर भएपनि धार्मिक वातावरणमा लिन हुने अवसर मिलेको बताउनुभयो । निर्वाचन पछि आम जनतामा भेटघाट हुने अवसर मिलेको थिएन ,ढिलै भएपनि पबित्र धार्मिक स्थलमा भेटघाट भयो । म सबै जनसमुदायप्रति आभार प्रकट गर्न चाहन्छु उहाँले भन्नुभयो । सम्बोधनका क्रममा उहाँले मिति र तिथि नहुँदै र राजा रजौटाहरु नबन्दै सुरु भएको वैदिक सनातन धर्मको गरिमा अत्यन्तै महत्वपूर्ण भएको बताउँदै भौतिक सुख सुविधा र पश्चिमा संस्कृतिले अहिलेको अवस्थामा वैदिक सनातन धर्मलाई चुनौती थपिएको औल्याउनुभयो ।
कार्यक्रममा सहभागि अतिथी एवं सहभागिहरुको स्वागत गर्दै समितिका अध्यक्ष बेदप्रसाद गौंडेलले नारायणी नदी तटक्षेत्रमा रहेको गोपेश्वर माहादेव मन्दिर धार्मिक पर्यटकीय गन्तब्यका रुपमा पनि परिचित हुँदै गएको र नारायणगढ चितवन संग जोडिएको सबैको पायक पर्ने स्थलमा स्थापित हुँदा यस मन्दिरको महत्व र गरिमा बढदै गएको बताउनुभयो । अध्यक्ष गौंडेलले धार्मिक संस्कार एवं संस्कृतिको विकासमा मन्दिर समितिलाई सबै क्षेत्रबाट प्राप्त हुने हौसलाले थप क्रियाशील हुन ऊर्जा प्राप्त भएको बताउनुभयो ।
साधारण सभामा मन्दिर समितिका सचिव नारायण सुवेदीले आर्थिक वर्ष २०७८ /७९ को वार्षिक प्रगति प्रतिवेदन एवं आर्थिक वर्ष २०७९/ ८० को प्रस्तावित नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । त्यस्तै समितिका कोषाध्यक्ष गोपालप्रसाद अधिकरिले आर्थिक वर्ष २०७८/ ७९ को आय व्ययको प्रतिवेदन एवं आर्थिक वर्ष २०७९/ ८० को प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिको संयोजक नेत्रनारायण सिग्देलले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा मन्दिर समितिका पूर्व अध्यक्ष रामकृष्ण मरासिनी, कालिका संस्कृत विद्यापिठका प्राचार्य डा. रामचन्द्र कंडेल, दुर्गा मन्दिर कोटीहोमका पिठाधिस खेचर नाथ, ब्यासगुरू बुद्धिसागर भण्डारी, वडा नम्बर २ का वडाध्यक्ष प्रकाश सापकोटा, ब्यासगुरु निलकण्ठ मरासिनी र मन्दिर समितिका संस्थापक अध्यक्ष हरिप्रसाद सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
मन्दिर समितिका अध्यक्ष बेदप्रसाद गौंडेलको अध्यक्षतामा भएको साधारण सभा कार्यक्रमको संचालन सचिव नारायण सुबेदीले गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया