मितेरी फाउन्डेसन नेपालद्धारा चितवनका चेपाङलाई खाद्यान्ह सहयोग

चितवन, २६ जेठ ।
मितेरी फाउन्डेसन नेपालले मंगलबार राप्ती नगरपालिका वडा न १३ को च्याउदिङगका चेपाङ समुदायलाई राहत वितरण गरेको छ । बान्द्राङ, सागम, बाङसीलीङ लगायत आसपासका अति सिमान्तकृत चेपाङ बस्तिमा निषेधाज्ञाको समयमा खाद्यान्न कै समस्या भएकाले यस क्षेत्रका ७५ घरधुरीहरुलाइ राहत वितरण गरिएको हो । प्रति घर ३० के. जि चामल, २ के.जि दाल, ३के.जि नुन १ लिटर तेल आधा किलो मस्यौरा बितरण गरिएको छ । मितेरी फाउन्डेसन नेपालका सल्लाहकार राजेश्वर खनालले जेष्ठ नागरिक केशर सिङ चेपाङलाई राहत दिदै कार्यक्रमको सुरुवात गर्नु भएको थियो ।
संस्थाका सदस्य बालकृष्ण थपलियाले बिकट पहाडी भेगमा खाद्यान्न अभाबको जानकारी पाएपछि राहत कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो । सेवामुलक काम गर्दै आएको यस सस्थाले आफ्नो उदेश्य अनुसार अहिलेको असहज परिस्थितिमा सहयोग गर्न पाउँदा खुशी लागेको उपाध्यक्ष अनिता खनालले बताउनु भयो । फाउन्डेसनका अध्यक्ष रबिन्द्र सिंह बानियाँको पहल मा COVID alliance for Nepal को सहकार्य मा भृकुटी देवी ट्रस्ट को आर्थिक सहयोगमा कार्यक्रम गरिएको थियो ।
तपाइँको प्रतिक्रिया