निशुल्क फोटो फ्र्रेमिङ तथा लैङिगक हिंसा विरुद्ध अभिमुखिकरण तालिम
मुकुन्दपुर ११, गैँँडाकोट नगरपालिकाका अपाङगता भएका व्यत्तिहरुलाई निशुल्क फोटो फ्र्रेमिङ तथा लैङिगक हिंसा विरुद्ध अभिमुखिकरण तालिम मुकुन्दपुरमा सुरु भएको छ । सामुदायिक अपाङग सेवा केन्द्र नेपाल र सिविआर सञ्जाल गैँडाकोटको आयोजनामा मंगलबारबाट सुरु भएको अभिमुखिकरण तालिम १५ दिनसम्म चल्नेछ । तालिमको उद्घाटन गर्दै गैडाकोट नगरपालिका वडा नं १० देखि १७ सम्मका सचिब वेदनाथ दाहालले अघिल्लो वर्ष अपाङगताको क्षमता अभिवृद्धिका लागि छुट्टाएको वजेट फ्रिज भएको भन्दै अहिले आयोजना गरिएको तालिमले उनीहरुलाई आत्मनिर्भर वनाउन सहयोग पुराउने बताउनुभयो । विशेष अतिथि नवलपरासी जिल्ला अपाङग संघका अध्यक्ष वुद्धिसागर पाण्डे, सामाजिक अपाङग सेवा केन्द्र नेपालका अध्यक्ष लाल वहादुर कुमाल, विजय एफ एमका स्टेशन म्यानेजर धु्रवमणि पौडेल र विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुले अपाङगता भएका व्यक्तिलाई समाजमा सम्मानजनक जीवन जिउन यस्ता अभिमुखिकरण तलिम फलदायक हुने वताएका थिए । सिविआर सञ्जालका अध्यक्ष सुरेन्द्र ढुंगानाले तालिममा १७ जना सहभागी हुने जानकारी दिदै तालिममा सहभागी जुटाउन पनि गाह्रो भएको वताउनुभयो ।
तपाइँको प्रतिक्रिया