मुकुन्दपुरमा रहेको दुर्गा मन्दिरको चौतारी निर्माणको कार्यक्रम आजबाट सुरु
विबेक भण्डारी माघ २७ गैँडाकोट, २७ माघ । गैँडाकोट नगरपालिकाको मुकुन्दपुरमा रहेको दुर्गा मन्दिरको आयोजनामा मंगलबार विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । दश बर्षे गुरुयोजना अन्तर्गत परेको चौतारी निर्माणको कार्यक्रम आजबाट सुरु भएको छ । गैँडाकोट नगरपालिकाको अनुदानर स्थानिय श्रमदानमा निर्माण गर्न लागिएको चौतारी समाजसेवी दुर्गादत्त भुषालबाट शिलन्यास गर्नुभएको हो । साथै भुषालले सो अवसरमा ५ हजार सहयोग प्रदान गर्नुभएको सिख्रौली टोल विकास संस्थाका अध्यक्ष टेक नारायण सुवेदीले जानकारी दिनुभयो । यस्तै मंगलबार नै धार्मिक सभाको आयोजना गरिएको थियो । धार्मिक सभा पण्डित पुष्पराज घिमिरेले उद्घाटन गर्नुभएको थियो । धार्मीक सभा दुर्गा मन्दिरका संरक्षक सदस्य तथा देवीभागवत व्यवस्थापन मुल समितीका संयोजक चुडामणी गौतको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यस्तै मंगलबार संस्थाको परिसरमा सिख्रौली बाल क्लबको उद्घाटन गरीएको छ । क्लबको उद्घाटन दुर्गा मन्दिरका अध्यक्ष चन्द्रदत्त सापकोटाले गर्नुभएको हो । सोमबार गैँडाकोट नगरपालिकाको मुकुन्दपुरमा सिख्रौली बाल क्लब गठन गरीएको थियो ।
तपाइँको प्रतिक्रिया