मुकुन्दपुर खानेपानीको मतदान सकियो,मत गणना वेलुकि ८ वजे पछि

असोज ३,
मुकुन्दपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैडाकोटको नयां नेतृत्व चयनका लागी गरिएको मा १४ सय ८२ मत खसेको छ । २ हजार ८ सदस्यको मतदाता नामावलि भएपनि कतिपय रोजगारीका लागी वैदेशीएको ,विरामी लगाएतका अन्य कारणले गर्दा मतदाताको संख्यामा कमी आएको निर्वाचन समितीका संयोजक बाबुराम पौडेल ले बताउनुभयोे । २ वटा निवेदीत गरि जम्मा १४ सय ८२ मत खसेको मतको मतगणना भने सोमवार वेलुकि ८ वज पछि वाट सुरु गरिने समेत संयोजक पौडेलले जानकारी दिनुभएको छ । संसदीय निर्वाचनको झलको दिनेगरी राजनितिक दलको प्यानल सहितको टोलि चुनाबी मैदानमा होमीएका छन् । अध्यक्ष पदका लागी एमाले बाट पदमलाल पौडेल र काग्रेस माओवादी सहित अन्य सानादलको सहयोगमा शेषकान्त देवकोटा चुनावि मैदानमा उत्रिएका छन् । पौडेल प्यानलतर्फ उपाध्यक्षमा कृतिनाथ पाठक,सचिवमा रामचन्द्र धिताल,कोषध्यक्षमा खीमा कुमारी शर्मा,महिला सदस्यमा विन्दुमाया ढकाल र भोमासरा चितौरे मगर, सदस्यमा बाबुराम रिजाल,भिम वाहादुर महत्तो र लाल वाहादुर आले रहेका छन भने देवकोटा प्यानल तर्फ उपाध्यक्षमा मीना भट्टराई,सचिव वेद प्रसाद कंडेल,मायां कुवर,महिला सदस्य तर्फ सीता भट्ट ,छलिमाया सोति मगर,सदस्यमा खड्क वाहादुर क्षेत्री , भोज बाहादुर महत्तो र बुद्ध वहादुरसुनार चुनावि मैदानमा रहेका छन ।
तपाइँको प्रतिक्रिया