मुकुन्दपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैडाकोटमा मतदान जारी,अध्यक्ष पदका लागी पदमलाल पौडेल र शेषकान्त देवकोटा चुनावि मैदानमा

नवलपरासी,असोज ३
मुकुन्दपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैडाकोट को पांचौ अधिवेशन अन्र्तगत सोमवार मतदान जारी रहेको छ । नवलपरासीको गैडाकोट ११ मा भएको मतदान सोमवार विहान ८ वजेवाट सुरु भएको हो ।
उत्रिएका छन । पौडेल प्यानलतर्फ उपाध्यक्षमा कृतिनाथ पाठक,सचिवमा रामचन्द्र धिताल,कोषध्यक्षमा खीमा कुमारी शर्मा,महिला सदस्यमा विन्दुमाया ढकाल र भोमासरा चितौरे मगर, सदस्यमा बाबुराम रिजाल,भिम वाहादुर महत्तो र लाल वाहादुर आले रहेका छन भने देवकोटा प्यानल तर्फ उपाध्यक्षमा मीना भट्टराई,सचिव वेद प्रसाद कंडेल,मायां कुवर,महिला सदस्य तर्फ सीता भट्ट ,छलिमाया सोति मगर,सदस्यमा खड्क वाहादुर क्षेत्री , भोज बाहादुर महत्तो र बुद्ध वहादुरसुनार चुनावि मैदानमा रहेका छन । २६ सय ७० उपभोक्ता रहेको यस संस्थामा जारी मतदानमा २ हजार ८ सदस्यले मात्र मतदान दिन पाउने भएका छन । वांकि ६ सय ६२ सदस्य चुनावमा सहभागी हुन नपाउने भएका छन ।
जेष्ठ मसान्त सम्म संस्थामा वांकि रहेको कुनै पनि भुत्तानि वांकि रहेका सदस्यले चुनावमा भाग नपाएको मुकुन्दपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैडाकोट ११ का कार्यलय प्रमुख हरि प्रसाद पनेरुले वताउनुभयो । जसअन्र्तरगत साधरण सभा घोषण भन्दा पछाडी बनेका सदस्यहरु १५० जना,संस्थालाई बुभाmाउनुपर्ने पर्ने मासीक पानी महशुल ओ वि ए शुल्क नबुझाएका १६ ,ढिलो महशुल चुक्ता गरेका १५०, त्यस्तै दोहोरो धारा प्रयोग गरेका १० र बांकि अन्य महशुल भुक्तानि नगरेका सदस्यहरु रहेको कार्यलय प्रमुख पनेरुले जानकारी दिनुभयो । मतदान वेलुकि ५ वजेसम्म सञ्चालन हुनेछ ।
तपाइँको प्रतिक्रिया