मुकुन्दसेन ईङ्गलिस बोर्डिङ्ग स्कूलले आन्तरिक ब्यवस्थापन अन्तर्गत विभिन्न संयोजक एवं प्रमुखको जिम्मेवारीहरु तोकियो

जेष्ठ १, गैंडाकोट
मुकुन्दसेन ईङ्गलिस बोर्डिङ्ग स्कूलले आन्तरिक ब्यवस्थापनको पाटोलाई चुस्त दुरुस्त बनाउन विभिन्न संयोजक एवं प्रमुखको जिम्मेवारीहरु तोकेको छ । सोमबार गैंडाकोट ११ मा रहेको स्कूलको सभाहलमा भएको कार्यक्रममा विभिन्न जिम्मेवारीहरु तोकिएको हो । स्कूलले आगामी दिनमा शैक्षिक गुणस्तर अभिवृद्धिको अभिप्रायका साथ उक्त जिम्मेवारीहरु बाँडफाँड गरिएको स्कूलका प्रिन्सिपल राजेन्द्र पौडेलले जानकारी दिनुभयो । जस अनुसार स्कूलको सेकेण्डरी तह प्रमुखमा कुसुम ढकाल, प्राईमरी तह प्रमुखमा श्री लोक प्रसाद उपाध्याय, प्रि–प्राईमरी तह प्रमुखमा श्री राजकुमार थापा, ईसिए प्रमुखमा श्री शिब रिजाल, यातायात प्रमुखमा श्री गंंगा शर्मा पौडेल, आईटि प्रमुखमा श्री मनोज महत्तो, परीक्षा प्रमुखमा श्री सुक बहादुर क्षेत्री, अनुशासन प्रमुखमा श्री कमल थापा, क्लब ईन्चार्जमा श्री शर्मिला पौडेल र सरसफाई प्रमुखमा श्री राजेन्द्र सुवेदी रहेका छन् ।
त्यस्तै स्कूलले विषय विभाग प्रमुख पनि तोकेको छ जस अनुसार नेपाली विषय विभाग प्रमुखमा श्री चुन्न पौडेल, अंग्रेजी विषय विभाग प्रमुखमा श्री कमल थापा, गणित विषय विभाग प्रमुखमा श्री राजेन्द्र सुबेदी, सामाजिक विषय विभाग प्रमुखमा श्री कुसुम ढकाल, विज्ञान विषय विभाग प्रमुखमा श्री अस्वीन ओझा र कम्प्युटर विषय विभाग प्रमुखमा श्री आशिष क्षेत्री रहेका छन् । जिम्मेवारी पाएका शिक्षकहरुलाई विद्यालय ब्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष एवं प्रिन्सिपलले अबिर लेपन गरि र खादाले स्वागत गरेका थिए । कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्री तुलाराम पौडेलको अध्यक्षतामा भएको हो । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिले यो जिम्मेवारीको बाडफाँडले स्कूलको शैक्षिक गुणस्तरले अझ फड्को मार्ने आशा लिएको छ । कार्यक्रमको सहजीकरण यस स्कूलका सहायक प्राचार्य श्री चुन्न पौडेलले गर्नुभएको थियो । मुकुन्दसेन स्कुलले वि.सं. २०७० को एस.इ.इ मा पक्ष्चिमाञ्चल विकास क्षेत्रमा नै उत्कष्ट भएर पृथक शैक्षिक इतिहास रच्न पनि भएको छ भने मुकुन्दसेन ईङ्गलिस बोर्डिङ्ग स्कूलमा अहिले प्रि–नर्सरी देखि कक्षा १० सम्म पढाई हुने गर्दछ ।
तपाइँको प्रतिक्रिया