मुकुन्दसेन ई. बोडिङ स्कुलको विद्यालय व्यवस्थापन समितिमा पुनः पौडेल चयन

गैँडाकोट, २४ कार्तिक ।
गैँडाकोट ११ हर्कपुरमा रहेको मुकुन्दसेन इंग्लिस बोडिङ स्कुलको विद्यालय व्यवस्थापन समितिमा पुनः तोयनाथ पौडेल चयन हुनुभएको छ । बुधबार सम्पन्न विद्यालय व्यवस्थापन समितिको पुनर्गठन कार्यक्रममा पौडेल सहित ७ सदस्यीय समिति चयन गरिएको हो । जसको सदस्य सचिवमा विद्यालयका प्राचार्य राजेन्द्र पौडेल, शिक्षक प्रतिनीधिमा चुन्ना पौडेल, सदस्यमा मन्जु महतो, केशर बहादुर थापा चालिसे लगाएत रहनु भएको छ । यस्तै ९ सदस्यी शिक्षक अभिभावक संघ पनि गठन भएको छ । जसको अध्यक्षमा गुरुदत्त सुवेदी चयन हुनु भएको छ । सदस्यहरुमा नरहरी कंडेल,चम्पा सिंह ठकुरी, यमकला पाण्डे, कुशुम ढकाल लगाएत रहनु भएको छ ।
बुधबार शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख कृष्णचन्द्र पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुर्व व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी तथा सल्लाहकार सहित २१ जनालाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेमा पुर्व व्यवस्थापन समितिका खुमप्रकाश पौडेल, शेषकान्त देवकोटा, गोपाल श्रेष्ठ, प्रकाश श्रेष्ठ, सुरज शर्मा, पूर्व प्राचार्य तुलसीराम गौतम, प्रेम बहादुर क्षेत्री, राजकुमार श्रेष्ठ, सविना महतो, सविता कोइराला, चुन्ना पौडेल, राजेन्द्र पौडेल, नवराज ढकाल, गोविन्द सुवेदी, गुरुदत्त सुवेदी, मिलन कंडेल, केशर बहादुर चालिसे लगाएतलाई दोशल्ला सहित सम्मान गरिएको विद्यालयका प्राचार्य राजेन्द्र पौडेलले जानकारी दिनु भयो ।
कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थी तथा विद्यालयका क्याप्टेन सृष्टि सापकोटाको स्वागत मन्तव्य रहेको कार्यक्रममा भुतपुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र धिताल, माधव कोइराला, वडा नं ११ का वडाध्यक्ष गोविन्द सुवेदी, १३ का वडाध्यक्ष पदम्लाल पौडेल, १० का वडाध्यक्ष देविदत्त कंडेल, मुकुन्द कोइराला, विद्यालयका पूर्व संस्थापक रामहरी अधिकारी लगाएतले मन्तव्य राख्दै विद्यालयको शैक्षिक प्रगतिको कामना गर्नु भएको थियो । विद्यालयका प्राचार्य राजेन्द्र पौडेलले सहजिकरण गर्नु भएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोयनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
तपाइँको प्रतिक्रिया