मुकुन्दसेन बोडिङ्ग स्कूलमा मतदान मार्फत विद्यार्थी नेतृत्व चयन

गैंडाकोट । पूर्वी नवलपुरको गैँडाकोट ११ हर्कपुरमा रहेको मुकुन्दसेन बोडिङ्ग स्कूलमा मतदान मार्फत विद्यार्थी नेतृत्व चयन गरिएको छ । स्कूलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनको झल्को दिने गरी मतदान मार्फत विद्यार्थी नेतृत्व चयन गरेको हो ।
निर्वाचन मार्फत लोकतान्त्रिक पद्धतिको प्रयोगात्मक अभ्यास एवंम् आफैंले नेतृत्व छनोट गरी व्यावहारिक ज्ञान दिलाउने उद्देश्यले निर्वाचन गराईएको स्कूलका प्राचार्य राजेन्द्र पौडेलले बताउनुभयो । स्कुुलका कक्षा ४ देखि १० कक्षा सम्मका विद्यार्थी तथा शिक्षकहरु गरि २९२ जना मतदाताले विभिन्न पदमा उम्मेदवारी दिएका २० जना विद्यार्थी (उम्मेदवार)हरुलाई मत दिएको उहाँले बताउनुभयो ।
मतदान प्रकृयामा सकृय सहभागिता जनाउँदै आफ्नो नेता आफै चयन गरेका हुन् । सो अवसरमा विद्यार्थीहरु आफैले निर्वाचन अधिकृत, मतदाता, पर्यवेक्षक, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतको भूमिका निर्वाह गरेको स्कुलका सहायक प्रचार्य चुन्न पौड्यालले जानकारी दिनुभयो ।
शुक्रबार भएको निर्वाचन मार्फत स्कूल क्याप्टेनमा स्मारिका पौडेल र भाइस क्याप्टेनमा बेबीना क्षेत्री विजयी भएका छन् भने रेड हाउस क्याप्टेनमा अमन श्रेष्ठ र भाइस क्याप्टेनमा आयुषा सुवेदी निर्वाचित भएका छन् ।ब्लु हाउस क्याप्टेनमा सुजल कडरिया र र भाइस क्याप्टेनमा स्वप्नील पौडेल, एल्लो हाउस क्याप्टेनमा नितिसा कंडेल र भाइस क्याप्टेनमा असिम महतो, ग्रिन हाउस क्याप्टेनमा सविना सापकोटा र ग्रिन हाउस भाइस क्याप्टेनमा मिजास सुवेदी निर्वाचित भएको स्कूलले जनाएको छ ।
तपाइँको प्रतिक्रिया